Aamsanchar

राप्रपामा लाभ र अवसर नपाएपछि एमालेमा गएँ–कोमल वली

Author Image
सोमवार, असोज ९, २०७४

काठमाडौं,

एमाले प्रवेश गर्न लागेकी गायिका कोमल वलीले राप्रपामा रहँदा आफूले लाभ र अवसर नपाएको गुनासो गर्नुभएको छ ।

‘राजनीतिमा लाभ र अवसर पनि महत्वपूर्ण कुरा हो, तर रेडियो नेपालको सरकारी जागिर छाडेर राप्रपामा लाग्दा पनि मैले कुनै महत्वपूर्ण स्थान भेटिन’ उज्यालो अनलाइनसँग कुरा गर्दै वलीले भन्नुभयो, ‘पार्टी नै छिन्नभिन्न भएपछि मेरो काम गर्ने उर्जा नै घट्यो ।’

राप्रपाको महाधिवेशनबाट धेरै मतले विजयी भएपनि पार्टीले आफूलाई कुनै स्थान नदिएको उहाँको गुनासो छ । ‘पार्टीमा लागेपछि विभिन्न कार्यक्रममा गएँ, पहिले त उर्जा मिलेको थियो, तर पछि उहाँहरुको कार्यशैलीले मलाई राप्रपा मन पर्न छाड्यो’ वलीले भन्नुभयो ।

आफू राष्ट्रवादी सोच भएको मान्छे भएका कारण राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकताको रक्षा गर्ने शक्तिसँग सधैं नजिक हुने गरेको उहाँले बताउनुभयो । ‘अहिले देशलाई सन्तुलित रुपमा हाँक्न सक्ने पार्टी एमाले नै हो’ वलीले भन्नुभयो ।

एमालेले चुनावमा टिकट दिने आश्वासन दिएको होला नि भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘आश्वासन पनि दिएको छैन र निरुत्साहित पनि गर्नुभएको छैन ।’

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर