Aamsanchar

इलाममा तीन कैदीको सजाय मिना

Author Image
सोमवार, असोज ९, २०७४

इलाम,

दसैंको अवसरमा सदरमुकामस्थित कारगार (सुधारगृह)का तीन कैदीको माफी मिनाहा भएको छ। माफी मिनाहा पाउने इलाम पञ्चकन्याका ५२ वर्षे वीरेन्द्र राई, ताप्लेजुङ आङ्खोपका ४७ वर्षे हर्कबहादुर बुढाथोकी र विराटनगरका २६ वर्षे  दीर्घराज गिरी छन्।

तीनैजनालाई सोमबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेल र जेलर भक्तबहादुर खड्काले अबिर लगाएर बिदाइ गरे । प्रजिअ पोख्रेलले उनीहरू तीनैजनालाई फर्केर गइ घर–गाउँमा अप्ठ्यारो नमानी समायोजन हुन आग्रह गर्दै आइन्दा समाजसेवामा लाग्न पनि अनुरोध गरे ।

४० प्रतिशत कैद भुक्तान गरेर तोकिएको मापदण्ड पुर्‍याएका कैदीको कैद मिनाहा गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर