Aamsanchar

‘’रोल्पाका जीवनको सपना अधुरै,युएईमा गरे आत्माहत्या’’

Author Image
मङ्गलवार, असोज १०, २०७४

भरत शिवाकोटी/

युएई,

वैदेशिक रोजगारी हजारौं नेपालीहरुको रहर होइन वाध्यता हो । पछिल्लो समयमा यहि वाध्यताभित्र अनेकौं घटना तथा दुर्घटनाहरु बढदो क्रममा छन । यस्तै घटना हुन पुगेको छ खाडी मुलुक युएईमा । यहाँ स्थित उमलक्विनमा गत शुक्रबार ६ सेप्टेम्बर २०१७ मा रोल्पाको सुकीदहका जीवन केसी कम्पनीको ग्यारेजमा राखेको क्रेनमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन ।

श्रीमतीसँग फोनमा झगडा परेपछि आवेगमा आएर जीवनले आत्माहत्या गरेको भाइ सर्जन र छिमेकी कृष्ण डाँगीको भनाई छ । शुक्रबार कामबाट फर्केपछि श्रीमतीसँग फोनमा भएको कुराकानीमा झगडा भएर त्यसैको आवेगमा जीवनले आत्माहत्या गरेको बुझिएको छ । आत्माहत्या गर्नुपूर्व उनले युएईमा रहेका आफ्ना आफन्त र छिमेकीलाई घरमा फोनमा भएको कुराकानीमा श्रीमती सँग झगडा भएको र आफुले आत्माहत्या गर्न लागेको जानकारी फोन मार्फत गराएका थिए ।

फोन सम्पर्क गरेर आफ्नो कुरा गरे लगत्तै जीवनले फोन स्विच अफ गरेका थिए जसका कारण उनलाई सम्झाउने काम समेत हुन सकेन । जब व्याक्ति-व्याक्ति हुँदै जीवनको कम्पनीका साथि सम्म फोन सम्पर्क भयो र साथीहरुले जीवनलाई खोजे तर त्यो बेला सम्म ढिलो भैसकेको थियो,साथीहरुले जीवनलाई त भेटे तर कम्पनी कै ग्यारेजमा राखिएको क्रेनमाझुण्डिएको अवस्थामा ।

करिब ८ बर्ष अघि युएई आएका जीवन युएईको अजमानमा रहेको लूतह लेम्मेन्स एल.एल.सी. नामक कम्पनीमा स्काफफोल्डरमा कार्यरत थिए । दुइ बर्ष अघि घर बिदामा गएका उनले सोहि समयमा केहि जमिन समेत खरिद गरेका थिए । त्यहि जमिनको बिसयमा फोनमा भएको झगडा र जीवनको आवेगपूर्ण गलत निर्णयले ऋण तिरेर घर फर्कनेयोजना अन्तत: कहिल्यै पुरा नहुने गरि अधुरै रहेको छ ।-तस्वीर उज्यालोबाट

 

 

Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर