[भरत शिवाकोटी]
राजेश पायल राई नेपाली सांगीतिक आकाशको कुनै नयाँ नाम होइन,यो नाम नेपालीहरुमा चिर परीचित र लोकप्रिय नाम हो । राजेश पायल राईको स्वर भरिएका दर्जनौं गीतहरु रेकर्ड भैसकेका छन् र उत्तिकै संख्यामा दर्शक तथा श्रोता माझ लोकप्रिय समेत भएका छन ।
उनै गायक राजेश पायल र सांगीतिक क्षेत्रमा एकपछि अर्को सफलता हासिल गर्दै अघि बढेकी नव गायिका कविता शिवाकोटीको नयाँ गित स्टुडियो कभर भिडियो ‘’दर्के पानी’’ यहि २३ सेप्टेम्बर २०१७ मा सन्ध्या म्युजिक प्रा. लि. ले युटयूव मार्फत सार्वजनिक गरेको छ ।
उक्त गीतमा स्वर द्वय राजेश पायल राई र कविता शिवाकोटी को रहेको छ भने शब्द किरण उप्रेती को र संगीत पुस्कर सुनुवारको रहेको छ ।हालसम्म २ वटा गीति सङ्गालो बजारमा ल्याइसकेकी र दुई दर्जन भन्दा बढी गीतमा स्वर भरिसकेकी कविताले दर्शक तथा श्रोताको हौसला र माया पाएर नै आफु सांगीतिक क्षेत्रमा अघि बढिरहेको बताएकी छन ।
हाल स्टुडियो कभरमा सार्वजनिक गीतको म्युजिक भिडियो समेत चाँडै नै निर्माण गर्ने योजना रहेको गायिका शिवाकोटीले जानकारी दिएकी छन ।नाचू नाचू लाग्ने उक्त गीतमा दर्के पानी छाताले नओतीए जस्तै लर्के जोवान हुन्छ र लर्के जोवानमा पिरतीको तिर्खा पानीले मेटिदैन भन्दै गायक गायिकाले प्रेमपुर्ण गीत गएका छन । तर वास्तविक कसको लर्के जोवान देखेर कसलाई पिरती लाउन हतार परेको भन्ने चाहि गायक गायिकालाई नै सोध्नपर्छ ।
https://www.youtube.com/watch?feature=youtu.be&v=lzREW6HBAlU&app=desktop