Aamsanchar

पाँच सय वर्ष पुरानो मन्दिरमा भक्तजनको भीड

Author Image
मङ्गलवार, असोज १०, २०७४

बागलुङ,

दशैंँको नवरात्र शुरु भएसँगै प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड लागेको छ । मनोकांक्षा पूरा हुने विश्वासमा पूजाआजाका लागि देशका विभिन्न भूभागबाट भक्तजन यहाँ आउने गरेका छन् । मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार दशैँं अवधिभर हजाराँैं भक्तजनले मन्दिरको दर्शन गर्छन् ।

समितिका अध्यक्ष राजु खड्काले घटस्थापनादेखि नै भक्तजनको संख्या बढेको बताउनुभयो । दशैंँको पाँचौँं दिन सोमबारसम्म भक्तजनले चढाएको भेटीबाट रु पाँच लाखभन्दा बढी संकलन भएको उहाँको भनाइ छ । देशमै पवित्र धार्मिकस्थलका रुपमा परिचित सो मन्दिरमा बडादशैँं र चैतेदशैँंका बेला विशेष मेला लाग्ने गरेको छ । मन्दिरको मुख्य आम्दानी हुने समय पनि यिनै हुन् । बडादशैँंलाई लक्ष्य गरी पूजाआजालाई विशेष रुपमा व्यवस्थापन गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।
मन्दिरको सुरक्षार्थ खटिएका प्रहरीसहित अतिरिक्त प्रहरी खटाइएको छ । स्वयंसेवक र मन्दिर व्यवस्थापनका कर्मचारी अहोरात्र खटिएका छन् । ‘पूजाआजा कार्यलाई सहज बनाउन सबै उपाय अपनाइएको छ’, खड्काले भन्नुभयो, “दशैँंको बेला मन्दिरका तीन वटै ढोकाबाट पूजा गर्न सकिने व्यवस्था मिलाइएको छ ।”

सुरक्षा, खानेपानी, शौचालयदेखि अन्य व्यवस्थापकीय काममा पनि कुनै कमी हुन नदिएको उहाँको भनाइ छ । पाँच सय वर्ष पुरानो सो मन्दिरमा महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत देवीको पूजा आराधना गरिन्छ ।
काठमाडौँं, पोखरादेखि विभिन्न ठाउँबाट मन्दिर दर्शनका लागि वर्षेनी भक्तजन आउने गरेका छन् । पछिल्लो समय कालिकाको दर्शनका लागि भारतबाट समेत दर्शनार्थी आउन थालेका छन् । बडादशैँ विशेषगरी नवरात्रभर बिहान ३ बजेदेखि नै भक्तजन मन्दिरमा लाम लाग्ने गरेका छन् । सो मन्दिरमा पूजाआजा गर्नाले शक्ति प्राप्त हुने र मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

“बागलुङ कालिकालाई देशकै प्रसिद्ध शक्तिपीठको रुपमा लिइन्छ” संस्कृतिकर्मी प्राज्ञ प्रेम छोटाले भन्नुभयो, “दशैँंको नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको धूमधाम पूजा गरिन्छ ।” पछिल्लो समय मन्दिरको गरिमा झन् बढ्दै गएको उहाँको बुझाइ छ ।

महाष्टमी र महानवमीको दिन विशेष प्रकारले बलि दिएर पूजा गर्ने चलन छ । मन्दिरमा कुखुरा, हाँस, सुँगुर, बोका र राँगोसमेत बलि दिइन्छ । पछिल्लो समय परेवा बलिमा भने रोक लगाइएको छ । मन्दिरको समग्र विकासका लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय योजना बनाएर काम गरिरहेको छ ।

Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर