Aamsanchar

सोलिडारिटी कप विजेतालाई जनही तीन लाख

Author Image
मङ्गलवार, असोज १०, २०७४

काठमाडौँ,

अखिल नेपाल फुटबल संघ (एन्फा)ले गतवर्ष कात्तिकमा मलेसियाको कुचिङमा भएको एएफसी सोलिडारिटी कप विजेता टोलीलाई नगद पुरस्कार प्रदान गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले २३ खेलाडीसहित प्रशिक्षण टोली र व्यवस्थापकलाई जनही रु तीन लाख प्रदान गर्नुभयो ।

सहभागी टोलीको गोल रक्षकमा किरण लिम्बू, विकेश कुथु र विशाल श्रेष्ठ छन् भने रक्षकमा आदित्य चौधरी, विराज महर्जन, रविन श्रेष्ठ, अनन्त तामाङ, दीपक गुरुङ, कमल श्रेष्ठ, रञ्जित धिमाल र देवेन्द्र तामाङ छन् ।

मिडफिल्डमा हेमन गुरुङ, विक्रम लामा, विशाल राई, अन्जन विष्ट, राजेन्द्र रावल र सुजल श्रेष्ठ छन् भने फरवार्डमा विमल घर्तीमगर, अनिल गुरुङ, सुमन लामा, रञ्जन विष्ट, नवयुग श्रेष्ठ र भरत खवास रहेका छन् ।

टोलीको प्रमुख प्रशिक्षक ग्योटुकु कोजी, प्रशिक्षक राजु शाक्य, गोलरक्षक प्रशिक्षक उज्वल मानन्धर र व्यवस्थापक विराटजंग शाही छन् । सोलिडारिटी कपको फाइनल खेलमा नेपालले मकाउलाई १–० गोलअन्तरले पराजित गर्दै च्याम्पियन बनेपछि एन्फाले पुरस्कारको घोषणा गरेको थियो । सरकारले भने यसअघि नै विजेता टोलीलाई जनही रु तीन लाख प्रदान गरिसकेको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगितामा नेपालको त्यो पहिलो जित थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर