बिर्तामोड।
बिर्तामोड स्पोट्र्स क्लवको आयोजनामा भएको ब्याटमिन्टन प्रतियोगिताको उपाधि विनोद बस्नेत र पूर्णकुमार थेवेको सेटले जितेको छ ।
प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा सञ्जय भक्तराज र मिनप्रकाश मैनालीको सेटलाई २१–१०, १३–२१ र १५–२१ को सेटमा जितेको हो ।
विनोद बस्नेत र पूर्णकुमार थेवेले नन्दहाङ नेम्वाङ र झरमान लिम्बूलाई हराउँदै फाइनलमा पुगेका थिए । त्यस्तै सञ्जय भक्तराज र मिनप्रकाश मैनालीले राजु घिमिरे र लक्ष्मी सापकोटालाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेका थिए । विजेताहरुलाई प्रमुख अतिथी बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटी र बिर्तामोड स्पोट्र्स क्लव होम पाण्डेले नगद तथा ट्रफि वितरण गरेका थिए ।
विजया दशमीको अवसर पारेर अर्जुनधारा–६ देवीबस्तीमा रहेको ब्याटमिन्टन हलमा भएको सो प्रतियोगितामा १९ टिमले सहभागिता जनाएको संयोजक मिनप्रकाश मैनालीले बताए ।