Aamsanchar

गौतमले बनाए पेडल कार

Author Image
बुधवार, असोज ११, २०७४

दमक।

झापा दमकका एक युवाले आफ्नो एकल प्रयासबाट पेडल कार निर्माण गरेका छन् । झापा दमक–५ का राजु गौतमले ६ महिनाको अथक प्रयासबाट पेडल कार निर्माण गरेका हुन् । अधिकांश साइकलका पार्टपूर्जाहरु जोडेर पेडल कार बनाएर आफंै नियमित रुपमा प्रयोग गर्दै आएको उनले बताए ।
दमक बहुमुखी क्याम्पसमा ब्यवस्थापन बिषय पढेका गौतमले एक कम्प्युटर पसलमा प्राविधिको काम गर्दै आएका छन् । अहिले पेडल मार्नु पर्ने यो पेडल कार बिद्युतीय तथा सोलार जोडेर समेत चल्ने किसिमले बनाइएको उनले बताए ।
डाइनामो प्रयोग गरेर पनि चलाउन सकिने भए पनि आवश्यक उपकरणहरु नपाइँदा आफूले अहिले पेडल कार नाम दिएर यो आफंै कुदाइरहेको उनले बताए ।
पेडल कारमा गियर, हर्न लगायतका सबै सुबिधाहरु रहेका छन् । साइकललाई नयाँ रुप दिने उद्देश्यले पेडल कार निर्माण गरेको उनले बताए । दमकमा केही नयाँ काम गर्ने सोचले र कम खर्चमा गर्न सक्ने काम सम्झदै जाँदा साइकल कार बनाउने सोच आएको गौतमले बताए ।
दिउँसो काममा जानुपर्ने भएकोले बेलुकाको समयमा उक्त कार आफूले निर्माण गरेको उनले बताए । अहिलेसम्म साइकल कार बनाउनका लागि ३६ हजार खर्च भइसकेको र अझै बनाउने क्रम जारी नै रहेको गौतमको भनाइ छ । बिस्तारै–बिस्तारै सुबिधाहरु थप गर्दै लैजाने सोच अनुसार काम भइरहेको उनले बताए ।
पेडल कारमा फोल्डिङ तथा स्पिरिङसहितको बस्नेदेखि लिएर कारमा हुने सामान्य सुबिधा सबै रहेको बताइएको छ । अगाडि पछाडि नै गियर, डिक्स ब्रेक, साइकलको चारवटा चक्का प्रयोग छ । पछाडि ७ गियरसम्म र अगाडि ३ गियरसम्म रहेको गौतमले बताए । स्टेरिङ भने गाडीको प्रयोग भएको गौतम बताए ।
आरामदायी रहेको र घामपानीबाट यसले जोगाउने उनी बताउँछन् । अहिले एकजनामात्र बस्न सक्ने बनाइए पनि अब दुईदेखि तीनजना बस्न सकिने बनाउने उनले बताए । अहिले आफूसँग आर्थिक अभावले सोचे अनुसार निर्माण गर्न नसकेको उनले गुनासो गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर