Aamsanchar

लायकु क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गरिने

Author Image
बुधवार, असोज ११, २०७४

काठमाडौँ, 

कीर्तिपुर नगरपालिकाले स्थानीय लायकुस्थित दरबार क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने भएको छ । दरबार क्षेत्र तथा त्यसवरपर क्षेत्रका सम्पदालाई संरक्षण गरी त्यसलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न लागिएको हो ।

शिवदेव तेस्रोले बस्ती बसालेको कीर्तिपुरको ऐतिहासिक बस्तीमा पर्यटन विकास गरी स्थानीयवासीको आयआर्जन बढाउने उद्देश्य राखिएको छ । अहिले त्यस क्षेत्रमा अस्तव्यस्त बस्ती विकास भएकाले पनि त्यहाँको महत्वमा ह्रास आएको छ ।

पृथ्वीनारायण शाहले विसं १८२५ मा काठमाडौँ उपत्यकामा विजय प्राप्त गरेपछि सो दरबारको केही भाग भत्काइएको र केहीमा संरक्षण नपुगेर भत्केको थियो । दरबार क्षेत्रका विभिन्न मन्दिर तथा सम्पदा भूकम्पपछि जीर्णोद्धार भएकाले अहिले मर्मत कार्य भइरहेको छ ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले कीर्तिपुरलाई कब्जा गर्नुअगााडि यो छुट्टै अस्तित्वमा रहेको महत्वपूर्ण राज्यका रुपमा स्थापित भइसकेको थियो । गोर्खाली सेनाले कीर्तिपुरमाथि तेस्रो पटक आक्रमण गरी विजयी प्राप्त भएको इतिहास पाइन्छ ।

नगरपालिकाका प्रमुख रमेश महर्जनले कीर्तिपुरको ऐतिहासिक पहिचान बोकेको दरबार तथा दरबार क्षेत्रको महत्वबारे सर्वसाधरणलाई बुझाउनुपर्नेमा जोड दिनुभयो । नगरपालिकाले दरबार क्षेत्रको सम्पदा स्थल मर्मतका लागि विभिन्न स्रोतबाट खर्च संकलन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर