Aamsanchar

झापामा फुलपाती भित्राइयो

Author Image
बुधवार, असोज ११, २०७४

भद्रपुर ।

यसबर्ष पनि झापाको भद्रपुरमा माता दुर्गा भवानीको विशेष पूजा अर्चनाका गर्दै धुमधामका साथ फुलपाती भित्राइएको छ ।

नेपालीहरुको महाचाड बडादशै सुरुसगै आज महासप्तमीको दिन पारेर प्रत्येक बर्ष झै यस बर्षपनि भद्रपुरमा फु्लपाती धुमधामका साथ भित्राइएको हो । भद्रपुर–६ स्थित सार्वजनिक दुर्गा मन्दिर समितिले मन्दिरमा परिसरमा आयोजना गरेको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले माता दुर्गा भवानीको पूजा आर्चना गरेका थिए ।

सोही अवसरमा मन्दिर परिसर भित्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुंयक्त रुपमा दुर्गा मातालाई सलामीअर्पण गरेका थिए । मन्दिरमा पूजाआर्चना पश्चात जिल्लास्तरीय प्रहरी, प्रशासन प्रमुख, सरकारी कार्यालयका प्रमुख, नागरिकसमाज, बालबालिका, आयोजक समिति, लगायतको सहभागितामा बाजाकाजा सहित निकालिएको ¥याली भद्रपुर बजार परिक्रममा गर्दै छोटी भन्सार कार्यालय भद्रपुरमा पुगेर फुलपाती भित्राइएको थियो ।

धार्मिक परम्परा अनुसार भन्सारमा परिसरमा विशेष पूजापाठ प्रमुख जिल्ला अधिकारी तिवारीले पुनः पुजापाठ, जमरा, होम, बलि तथा बडाइ दिएका थिए भने नेपाली सेना र सशस्त्र प्रहरीले बन्दुक पडकाएर सलामी दिएको मन्दिर समितिका अध्यक्ष हुलासचन्द्र सरिया जानकारी दिए ।

Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर