झापा, 

मैयाँ खड्काको फोक्सोको क्यान्सर उपचारका लागि साढे दुई लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ ।

झापाको शिवसताक्षी नगरपालिका–२ स्थित धिङ्लाधापकी क्यान्सरपीडित उनको उपचारका लागि रु दुई लाख ७१ हजार ७२५ उपचार खर्च सहयोगस्वरुप प्राप्त भएको हो ।

ललितपुरको हात्तीवनस्थित क्यान्सर अस्पतालमा उनको उपचार भइरहेको अर्जुनकुमार बस्नेतले बताउनुभयो । धिङ्लाधाप घर भई हाल कोरियामा कार्यरत जितेन बस्नेतको संयोजनमा त्यहाँ कार्यरत नेपालीले रु एकलाख एकहजार र स्थानीयवासीले शान्तिराम न्यौपानेको संयोजनमा रु ६७ हजार तथा सो ठाउँबाट काठमाडौँमा बस्नेहरुबाट रु एकलाख तीनहजार ६२५, काठमाडौंमा रहेका अर्जुनकुमार बस्नेतको संयोजनमा रकम संकलन गरिएको बताइएको छ ।

आर्थिक अभावमा बुहारीको उपचारमा समस्या भएपछि उनको उपचारका लागि सहयोगको अपिल गरिएको थियो ।
Views: 132

