Aamsanchar

सबै मत परिणाम सार्वजनिक

Author Image
बुधवार, असोज ११, २०७४

काठमाडौँ, 

तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ ।  प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा असोज २ गते निर्वाचन भएको थियो ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार स्थानीय तहको प्रमुख, अध्यक्ष पदमा नेपाली काँग्रेस ४०, नेकपा (एमाले) १८, नेकपा (माओवादी केन्द्र) २१, (राजपा) राष्ट्रिय जनता पार्टी २५, संघीय समाजवादी फोरम नेपाल २६, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार एक स्थानमा विजयी हुनुभएको छ ।

स्थानीय तहको निर्वाचनको परिणाम आएसँगै नेपालको संविधानको कार्यान्वयनको एक चरण पूरा भएको छ ।

Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर