झापा,
संस्कृति जगेर्नामा सहयोग पु¥याउने उद्देश्यले सन्थाल समुदायलाई परम्परागत बाजा हस्तान्तरण गरिएको छ ।
बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले सन्थाल समुदायको संस्कृति जोगाउन बाजा हस्तान्तरण गरिएको जानकारी दिनुभयो । बिर्तामोड वडा नं १ कार्यालयले सोही वडामा रहेका सन्थाल समुदायका अगुवालाई मादल, ड्रम, दमाहा, हार्मोनियम, झ्याम्टालगायत बाजा प्रदान गरिएको हो ।
सन्थाल समाज उत्थान समितिका अध्यक्ष ढेना बेस्राले सन्थाल संस्कृति लोप हुन लागेको अवस्थामा रहेको बताउनुभयो । “जातीय वेशभूषा, बाजागाजा लोपोन्मुख बन्दै गएको छ”, उहाँले भन्नुभयो, “प्राप्त बाजागाजाले लोकसंस्कृति जगेर्नामा सहयोग पुग्ने छ, यसको भरपूर उपयोग गर्नेछौँ ।”
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 212