Aamsanchar

‘’गायक राजनराजको ‘चेप्टे चेप्टे पेरुङ्गो’ बोलको गित सार्वजनिक’’

Author Image
शुक्रवार, असोज १३, २०७४

भरत शिवाकोटी,

एकपछि अर्को सफलता हासिल गर्दै सांगीतिक आकाशको उच्च कद सँगै फराकिलो र दर्शक तथा श्रोताको अधिक लोकप्रिय बन्न सफल भएका गायक, गीतकार तथा संगीतकारको नाम हो राजनराज शिवाकोटी ।

यिनै गायक, गीतकार तथा संगीतकार राजनराजको शब्द तथा संगीत रहेको अर्की लोकप्रिय गायिका अन्जु पन्त र उनै लोकप्रिय गायक राजनराज शिवाकोटी को स्वरमा नेपाली चलचित्र ‘ह्याप्पी डेज’ को लोक शैलीको नाचू नाचू लाग्ने ‘चेप्टे चेप्टे पेरुङ्गो, पेरुङ्गोमा लसुन’ बोलको गीत नेपालीहरुको महान पर्व बडादशैंको अवसर पारेर यहि २५ सेप्टेम्बर २०१७ मा युटयुब मार्फत सार्वजनिक गरिएको छ ।

मिलन चाम्सको निर्देशनमा तयार भएको यो गीतमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई सँग अतिथी कलाकार दिया पुन र अन्य कलाकारहरुले जोडदार नृत्य गरेकी छन । सम्राट बस्नेतको एक्सन तथा कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्र ‘ह्याप्पी डेज’ लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको छ ।

दयाहाङ राई सहित प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी लगायत अभिनित सिनेमा आगामी माघ महिनामा प्रदर्शनमा ल्याइने जनाइएको छ । गाउँघरका ठेट शब्दहरु टपक्कै टिपेर तिनै शब्दहरु गीतमा उनेर गित लेख्न पोक्त राजनराजका गीतहरु पछिल्लो समय नेपाली सांगीतिक बजारमा सर्वाधिक लोकप्रिय बन्दै गएका छन । राजनराजका गित ’’कुटुमा कुटु सुपारी दाना’’ युटयुबमा हेर्ने दर्शकको संख्या मात्र २ करोड ५९ लाख भन्दा बढी छ भने अर्को गित ‘’सुर्के थैली खै’’ युटयुबमा हेर्ने दर्शकको संख्या २ करोड २१ लाख भन्दा माथि छ त्यस्तै ‘’पुर्व पशिम रेल’’ युटयुबमा हेर्ने दर्शकको संख्या १ करोड ८७ लाख भन्दा बढी रहेको छ ।

त्यसो त राजनराजले गएका अरु गीतहरु पनि उत्तिकै लोकप्रिय र नेपालीहरुले रुचाएका छन । चलचित्र ‘ह्याप्पी डेज’ को ‘’चेप्टे चेप्टे पेरुङ्गो’’ बोलको गीतले समेत दर्शक तथा श्रोतामाझ शुरुवाती दिनमा नै निक्कै लोकप्रियता पाएको छ । सार्वजनिक भएको दुइ दिनमै यो गित हेर्ने दर्शकको संख्या एक लाख दश हजार भन्दा धेरै भैसकेको छ ।

गायक, गीतकार तथा संगीतकार राजनराज शिवाकोटीले दर्शक तथा श्रोताको मायाले नेपाली गीत, संगीतमा थप साधनाका साथ आफुलाई अघि बढन प्रेरणा मिलेको बताउँदै चलचित्र ‘ह्याप्पी डेज’ को गित ‘’चेप्टे चेप्टे पेरुङ्गो’’ समेत पछिल्ला गीतहरु जस्तै मनपराइदिनु हुने विश्वास व्यक्त गरेका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर