Aamsanchar

पहिलेको दशै,अहिलेको दशै

Author Image
शुक्रवार, असोज १३, २०७४

झापा । 

आयु द्रोण सुते श्रीयं दशरथे सत्रुस्च याम ।।। राघवे,
ऐश्वोर्य नहुशे गतिस्च पवाने मनंच दुर्योधने,
दानवा सुर्य सुते बलम हलधरे सत्यम्च कुन्ती सुते
बिज्ञाने बिदुरे भवति भवताम किर्तिस्च नारायणे सुन्दा पनि आनन्द हुन्छ
दशैंको पहिलो दिन घटस्थापनाबाट टोल,कार्यालय, स्कुल, कलेज सबैतिर दशैको चहल पहलले छोई सकेको छ,तर पनि सबैको मुखबाट एउटै अवाज निस्कने गर्छ पहिले जस्तो दशैको महत्व र महिमा हुनै छोडयो । साँच्चै यस्तै हो त ? दशैको सातौंदिन फूलपाती वा महासप्तमी भनिन्छ ।

घटस्थापनाको दिन सम्पूर्ण हिन्दु धर्मावलम्वीहरुले राखेको जमरा घरमा बेलपत्र ,धानको गाभा, अनार, अदुवाको बोट, ऊँखु, केरा आदि नौ प्रकारका पल्ला गोरखा दरबारको दशैं घरबाट ल्याएको फुलपाती काठमाडौं टुँडिखेलमा ल्याइन्छ र हनुमानढोका दरबारमा भित्र्याइन्छ । यसै समयमा सवै नेपालीले फूलपाती भित्रयाउने प्रचलन पुस्ता देखी यथावत कायम छ। बुढापाकाका अनुसार सप्तमीका दिन फूलपाती स्वरुप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, अशोक, जयन्ती र वेल गरी नौ किसिमका बिउ जमरा घरमा राखिन्छ । यसो गर्दा रोग कम हुने घर भित्रका किरा फट्याङ्ग्रा र विशालु किटाणुहरु नलाग्ने भनाइ छ । नौरथाभर रक्त चण्डिका, कालिका, शोकहारिणी, कार्तिकी, व्रह्मायणी, लक्ष्मी, दुर्गा, चामुण्डा आदि देवीहरुलाई पुजिन्छ ।
सातौं दिन फूलपातिको दिन भगवान रामले रावणमाथि विजय प्राप्त गरेकाले यो दिनलाई विजय उत्सवको रुपमा मनाउने गरिएको किंवदन्ती छ । भनिन्छ दशैंमा अविरको रातो रंगमा गाईको दहीले रंगाएको रातो अक्षता आफुभन्दा ठूला व्यक्तिबाट थापेको टिकाले मन मस्तिष्क एवं विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ भन्ने कथन छ।

जुन एउटा हर्ष,उल्लास,उत्साह र महत्व थियो । दशैंको सभ्य समाज आधुनिकिकरण, शहरीकरण, उसको नक्कल गर्ने आदि इत्यादि कारणले सानादेखि ठूलासम्म दशैंको रौनक घट्दो छ । पहिला ठूलो परिवार हन्थ्यो, आयश्रोत कम हुन्थ्यो मिठो मसिनो राम्रा गरगहना र लत्ता कपडा सरसामान जुटाउन चाडवाड कुर्नु पर्दथ्यो। आफ्नो भएको अन्नवाली,हाँस,कुखुरा ,परेवा खसी बोका रागा वेचेर वा नहुनेले सरसापट गरेर पनि चाडवाड उत्साहले मनाउने प्रचलन थियो । तर आज सानो परिवार छ, घरका कोहि न कोहि सदस्य विदेशमा छन्, सबै कुनै न कुनै वन्द व्यापारमा लाग्ने, राम्रो लगाउन मिठो खान चाडवाड कुर्नु नपर्ने अवस्थामा छन् । अहिलेको नयाँ पुस्तालाई अभिभावकले सानैदेखि सवै आवश्यकता पु¥याइदिएकै हुन्छन् । सानो परिवार हुन्छ, आफु दुख गरेर पनि कुनै समस्या दिन चाहदैनन् आज का बाबु आमा । त्यो कारणले पनि वच्चाहरुमा चाडवाडमा त्यति नरमाउने, ग्याजेट्समा काटुनमा झुम्मिने देखिन्छ ।

नेपालीलाई धैर्य गर्ने शक्ति क्षमता भने पक्कै पाएकै हुन, राष्ट्र वैंकमा नयाँ नोट साट्नलाई लाइन, हुँदा हुँदा पैसा तिरेर खाजा खान पनि लाइन, उठेर खान पर्ने त्यो पनि त्यसमा पनि २५÷ ५०को लाईन । त्यो झंझट लागेर ओटुमा भेज म.म. खान जाँदा त्यहाँ पनि लाईन , हस्पिटलमा लाइन, हलमा लाइन, भाटभटेनी लगायत सपिङ सेन्टरमा सामान किनिसकेपछि पैसा तिर्न लाइन, तर चाडवाडको बेला मठ मन्दिरमा दर्शनार्थीको भिडभाड भने कम हाम्रो समाज कतातिर गइरहेको छ ।
भनिन्छ समय गतिशिल छ, समय कसैको अधिन र वसमा हुँदैन,हिन्दुहरुको महान चाड महत्व पहिला र अहिले वाल्यपनको दशैं अव सम्झनामा मात्र सीमित । सुन्दिने कोहि भए त्यो क्षण सुनाउँदा पनि आनन्द लाग्ने– यस्तो हुन्थ्यो पहिला ।

 

सोह्रश्राद्ध सकिएको छ । बैला पतेलामा वारिको डिलमा वरेला, काक्रा, घिरम्ला, टाटेसिमी,करेला तरकारी लटरम्म फलेको, खेतमा धान नुहेको, दशैं खर्च जुटाउनका लागि खसि, बोका, अन्नबाली, धान विक्री गर्ने गरिन्छ । नोकरी हुनेको त छँदैछ । विदेशमा हुने घर आउने, टाढा टाढाबाट कमेरो ल्याएर घर लिपपोत सरसफाई गर्दा छुट्टै आनन्द आउने, महिला दिदि बहीनी आमा, भाउजु वेलुका अवेरसम्म चिउरा कुट्न धान भिजाउने र विहानै ४ बजे २ घण्टाको बाटो हिडेर मिलमा १ दिनसम्म लाम लागेर लामो प्रतिक्षापछि प्राप्त चिउराको स्वादै वेग्लै हुन्थ्यो । तोरीको तेल पेल्न गाउ भरिका काकी,आमा दिदि बैनीलाई कस्तो जागर हुन्थ्यो ।

२ – ४ दिनदेखि सरसल्लाह कति दुख खेप्नु पर्दा पनि छुटै अन्नन्द हुन्थ्यो । दुखको अनुभूतिको कतै छन्दै पाइदैन थियो,दही चिउरा नै खान दशैँ कुर्नु पर्ने सबैको घरमा बिशेष सत्कार दही चिउरा र काक्रोको अचार हुन्थ्यो । अहिले जस्तो कोक, फ्यान्टा, जुस,अन्य परिकार हुदैनथ्यो । देवी देवताको मन्दिर केहि दिन अगाडि देखि नै लिपपोत र सिंगार्ने चलन थियो । घर लिप्न टाढा टाढा देखि रातो माटो कमेरो ल्याउने गरिन्थ्यो । त्यसले घर लिप पोत गर्दा गाउको घरमा दसैँको रौनक छाउथ्यो, घरेलु चंगा लट्टाईमा छुट्टै आनन्द,चंगा आफु भन्दा ठुलाले घरमै बनाउदै सानासँग रमाउथे । किसानलाई मध्य मंसिरमा धान भित्र्याउने चटारो हुन्थ्यो ।

व्यस्त समयका बाबजुद पनि छुट्टै किसिमको आनन्द हुन्थ्यो । दिनभरी मेला पातामा दशैंकै कुराले दिन गएको पत्तै हुँदैनथ्यो । स्कूल एक हप्ता अगाडिदेखि नलाग्ने, बाहिरका साथी र शिक्षकहरु घर जाने अनेक बहाना गरी स्कूल नजाने, कपडा किन्न एकै दिनमा सकिने हुँदा पनि लालमन र रसवरी खानको लागि केही न केही अर्को दिनको लागि थाँती राखिन्थ्यो । अहिले जस्तो रेष्टुरामा म.म,पिज्जा, वरगर, चाउमिन, डोसा कहाँ पाइथ्यो र ?
पिंङको मज्जा र महत्व बेग्लै छ,एक हप्ता अगाडिदेखि घर घरमा लठारो किन्न चन्दा उठाउँदै हिड़ो पैसा दिन सबैलाई कठिन हुनथ्यो । पैसा उठाएपछि पिंङ हालिन्थ्यो । पिङमा बिहानदेखि बिलुकिसम्म भिड लाग्थ्यो । सबै साथी भाइसंग भेट घाट हुन्थ्यो। गाउँभरिका आफु साथी संगतिको कपडा कस्तो किन्यो,के किन्यो भन्ने कौतुहलता हुन्थ्यो ।

घरमा दमाई बोलाएर कपडा सिलाउने,त्यसमा पनि प्रायः स्कूल युनिफर्म नै सिलाउने चलन थियो । वल्लो घर पल्लो घर दाजु भाईमा हप्तौंदेखि खसी कहाँ किन्ने, तराईको यस्तो, पहाडी यस्तो, च्याङग्रा यस्तो कहिले जाने कहिले ल्याउने भन्ने चर्चा परिचर्चा भइरहन्थ्यो । लुकि लुकि तास खेल्नुको मजा नै वेग्लै । विहान घर नजिकैको मन्दिरमा पुजा गर्न गइन्थ्यो । लंगुरवुर्जा थापिन्थ्यो । सुका मोहरको पनि ठूलो महत्व हुन्थ्यो । जितेको पैसाले सवैभन्दा ठूलो इच्छा रहर घडि किन्ने हुन्थ्यो ।

फूलपातिको दिन हात हतियारको पुजा देवीको आराधना गर्नु र दिउसो बडाई हुँदा फुलपाति भित्र्याउनु अष्टमिको दिन डेक्चीमा पानी तताउनु, साहाकारी हुदा हुदै पनि खसीको भुडी पखाल्न पधेरा कुवा तिर अग्रजको पछि लाग्नु , दिनभरी ओल्लो घर र पल्लो घर चहार्नु,टिकाको दिन नयाँ लुगा लगाएर मान्यजनसंग टिका थप्न धेरै प्रतिक्षा गर्नु पर्ने रोल क्रमले धेरै आफन्तसंग रातो टिका, पहेलो जमरा लगाउदाको मज्जा नै बेग्लै । त्यो क्षण अब मात्र सम्झना । आफन्तकोमा टिका थाप्न जाने र टाढा टाढासम्मको इष्टमित्र, नातागोता, कुटुम्वकोमा आफु भन्दा मान्यजनसंग आसिक लिनु पर्छ भन्ने चलन थियो । पैसाको धेरै महत्व हुने हुँदा कस्ले कति दियो, सुका मोहरको पनि कति जम्मा भयो, साथी साथीमा कस्को बढी भयो,जम्मा भएको पैसाले भकुण्डो किन्दा मनै चंगा झैँ रमाउथ्यो । चंगा उडाउनुको मज्जा बेग्लै हुन्थ्यो । प्लास्टिककको चंगा घरमै बनाएको धानको पातको पुछर लट्ठीको लट्टाई, टाढा टाढासम्म हिडेर जानु पर्थ्यो । सपरिवार हिडेर आफन्त कहाँ जाँदाको महत्व नै बेग्लै हुन्थ्यो ।

अब दशैँ चाडबाडको महिमा घट्दै छ, मानिसको दिनचर्या अस्तव्यस्त छ, छोटकरी छ,सबै आफु आफु मै व्यस्त छन् । आफु भन्दा मान्ने जन् सम्म पुग्न नचाहने आफ्नो परिवार भित्र मात्र सिमित हुने, लत्ताकपडा खाने परिकार सुख सयल सबै भरि पूर्ण छ ।

बढ्दो आधुनिकिकरण, अस्तव्यस्त समाज, शहरीकरण, देखावटी र भट्किलो बजार, सामाजिक प्रतिस्पर्धा र देखासिकी, आफन्त आफन्त वीचमा ईष्र्या र मुटाब घमण्डको भावनाले, सानो परिवार, समयको आवश्यकता भन्दै आफ्नो धर्म, संस्कृति र दशैंको महत्व पहिलाको तुलनामा कम हुँदै गएको छ । पुरानो पुस्ता सकिंदै जाने र नयाँ पुस्ताले आफ्नो धर्म, संस्कृति चाडवाडमा त्यति महत्व नदिने प्रचलन बढेको छ । एक अर्का प्रतिको माया,प्रेम र सम्मान सबै हराउँदै गएको छ । आफ्नो परम्परा, सस्कृति चाडबाड नै मासिने डर छ । तर आधुनिकतातिर मोडिने खतरा देखिन्छ । वेलैमा हामी सवै यसको पालना र जगेर्ना गर्न लाग्नु पर्ने देखिन्छ ।

टिका थाप्दा
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शीबा धात्री स्वाहा स्वधा नमोऽस्तु ते
जय त्वं देवि चामुण्डे जय भूतापहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ।।।।दुर्गा माता दाहिने हुन चिताएको सबै पुगोस ।।।खुसी छाओस ० सुन्न मुस्किल पर्न थाल्यो ्र-अन्नपूर्णबाट साभार

Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर