Aamsanchar

दूधेमा सर्वाधिक राशीको टी ट्वान्टी क्रिकेट/ स्थानीय निकायद्वारा उपेक्षा

Author Image
शनिवार, असोज २१, २०७४

(शान्तिराम बस्नेत)
शिवसताक्षी ।


झापाको शिवसताक्षीमा सर्वाधिक रासीको टी टवान्टी नक आउट क्रिकेट प्रतियोगिता हुने भएको छ । शिवसताक्षी युथको आयोजनामा आउँदो आश्विन २४ गतेदेखि हुन लागेको उक्त प्रतियोगितामा प्रथम हुनेले ५० हजार १ नगद सहित शिल्ड प्रमाणपत्र तथा दोस्रो हुने टीमले २५ हजार १ नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
आयोजक २ टीम सहित झापा तथा मोरङ्गका १६ टीम समावेश हुने भनिएको उक्त प्रतियोगिताको प्रमुख उद्देश्य भनेको विभिन्न उमेर समुहमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा उत्साह जनक एवंम् गौरबपूर्ण प्रदर्शन गरिसकेका खेलाडीहरुसंग सम्वन्ध बिस्तारको अवसर प्रदान गर्नुका साथै जिल्लामा क्रिकेटको क्रेज संगै क्रिकेटको माध्यमबाट खेल पर्यटनको बिकास गरि अन्य खेलहरुमात्र नभइ क्रिकेट प्रतियोगिता आयोजना गर्न नैतिक दबाब दिने तथा एउटा क्रिकेट एकाडेमी गरी दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले संभवत उक्त क्षेत्रकै ठूलो रासीको टि–२० क्रिकेट प्रतियोगिता गर्न लागिएको आयोजक समितिका प्रदीप कडरियाले जानकारी दिए ।
झापाको शिवसताक्षी ९ मिलनचौक खेलमैदानमा सम्पन्न हुन लागेको उक्त प्रतियोगितालाई शिवसताक्षी नगरपालिकाले असहयोग तथा उपेक्षा समेत गरेको आयोजक समितिका सदस्यहरुले गुनासो समेत गरे । अन्य खेलका लागि भने १ लाख सम्म सहयोग गर्ने नगरपालिकाले क्रिकेटलाई उपेक्षा गरेको भन्दै आक्रोस व्यक्त गरेका हुन् । तथापि, वैदेशिक रोजगारमा रहेका साथीभाइ तथा क्रिकेटप्रेमीहरुको हौसलाले उक्त प्रतियोगिता सम्पन्न हुने कडरियाले बताए ।
यस अघि पनि उक्त खेलमैदानमा साविक क्षेत्र नं. ५ स्तरीय राष्ट्रपति रनिङ शिल्ड क्रिकेट छनौट प्रतियोगिता, एनसीएसएस छनौट प्रतियोगिता, प्याब्सन स्तरीय प्रतियोगिता लगायतका २ दर्जनभन्दा बढी खेलहरु सम्पन्न भइसकेका छन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, बेस्ट बलर र ब्याटसम्यानलाइ समेत नगद सहित शिल्ड मेडल प्रमाणपत्र दिने आयोजकले जनाएको छ भने उद्घाटन खेलको प्रमुख आकर्षणका रुपमा माइपश्चिमका २ विद्यालयहरुबीच मैत्रीपूर्ण छात्रा क्रिकेट प्रतियोगिता हुने समेत बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर