Aamsanchar

फरार दोषी कारागार चलान

Author Image
शनिवार, असोज २१, २०७४

पाँचथर,

जिल्ला अदालतले कैद तथा जरिवाना सजाय तोकेर फरार भएका तीन दोषीलाई पक्राउ गरी आज जिल्ला कारागारमा कारागार चलान गरिएको छ ।

पक्राउ पर्नेमा चोरी मुद्दाअन्तर्गत एक महिना १३ दिन कैद र रु ४६ हजार ४४० जरिवाना तोकिएका नागिन गाउँपालिका–७ का किरण थाम्सुहाङ, आगो लगाएको मुद्दाअन्तर्गत चार वर्ष कैद सजाय तोकिएका फिदिम –६ का विष्णुकुमार भट्टराई र सवारी ज्यान मुद्दाअन्तर्गत पाँच दिन कैद र रु दुई हजार जरिवाना तोकिएका हेमप्रसाद दर्जी छन् ।

उनीहरुलाई आजै जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा बुझाएको र कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो ।
मदिरा नष्ट
जिल्ला प्रहरी कार्यालयले अवैध सिक्किमे रम र हिटबियर बरामद गरी नष्ट गरेको छ । रु एक लाख ४० हजार सात सयको अवैध १५६ बोतल रम र १२६ बोतल हिटबियर नष्ट गरिएको हो ।
बरामद गरिएका उक्त वस्तु जिल्ला अदालत, उद्योग वाणिज्य संघ तथा पत्रकारको रोहवरमा प्रहरी कार्यालय परिसरमा खाल्डो खनेर नष्ट गरिएको प्रहरीले जनाएको छ । सीमावर्ती स्थान भएकाले प्राङबुङ, मेमेङ र सिदिनबाट बढीजसो अवैध रकम र हिटबियर भित्रने गरेको छ ।

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर