Aamsanchar

झापामा ७० जना फरार अभियुक्त पक्राउ

Author Image
शनिवार, असोज २१, २०७४

भद्रपुर ।

झापा जिल्ला अदालत भद्रपुरले फैसाला सुनाएका कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई झापा प्रहरीले धमाधम पक्राउ गर्न थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले दुई महिनादेखि चलाइएको फरार अभियुक्त विशेष अप्रेशनमा प्रहरीले ७० जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । उनीहरुलाई झापा जिल्लाका विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरिएको झापाका एसपी बिष्णकुमार केसीले बताए ।

झापा प्रहरीले चाडपर्वको मौका छोपी घर आएका १० जना फरार अभियुक्तलाई पनि पक्राउ गर्न सफल भएको एसपी केसीले जानकारी गराए । केही प्रहरीको फन्दामा परे, भने केही अझै पनि फरार रहेको उनले बताए । अदालतबाट फैसला सुनाई प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरुको खोजी कार्य तिव्र बनाइएको छ । जिल्लाका प्रत्येक इलाका, चौकी र वडाका इञ्चार्जलाई फरार अभियुक्त पक्राउ गर्नु भनि निर्देशन दिइसकेको उनले बताए ।

प्रहरीका अनुसार दशैमा पक्राउ परेका अभियुक्तहरु ०६४ माघ ६ गते अदालतले फैसला सुनाएका ११ महिना १५ दिन कैद सजायका फरार अभियुक्त मेचीनगर ५ बस्ने ३८ बर्षिय नरेशकुमार लावतिलाई असोज १९ गते पक्राउ गरिएको हो ।

०६९ माघ २४ गते अदालतले फैसला सुनाएका १८ दिन कैद र ४ हजार ४ सय ५२ रुपैया जरिवानाका फरार भद्रपुर ८ बस्ने २३ बर्षिय काले भन्ने् राजु चौधरीलाई असोज ९ गते पक्राउ गरिएको हो । त्यस्तै ०७१ चैत २४ गते अदालतले एक महिना १८ दिन कैद र ७ हजार ५ सय २६ रुपैया फैसला सुनाएका अर्जुनधारा १० बस्ने २५ बर्षिय जोनी चौधरीलाई असोज १७ गते पक्राउ गरिएको हो ।

०७१ चैत २४ गते अदालतले फैसला सुनाएका २ महिना कैद र ७ हजार ५ सय २७ जरिवानाका फरार अर्जुनधारा नगरपालिका १० बस्ने २० बर्षिय सुरज कालीकोटेलाई असोज १७ गते पक्राउ गरिएका हो । ०६७ बैशाख २१ गते अदालतले फैसला सुनाएका १ महिना कैद र ७५ हजार जरिवानाका फरार भद्रपुर ४ बस्ने ३० बर्षिय प्रताप भन्ने रामकुमार मगरलाई असोज ८ गते पक्राउ गरिएको हो ।

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर