Aamsanchar

जामुनाबारीको पद हस्तान्तरण

Author Image
सोमवार, असोज २३, २०७४

सुरुङ्गा।

कनकाई नगरपालिका–२ र १ मा अवस्थित जामुनाबारी सामुदायिक वन उपभोक्ता समूहको नयाँ समितिलाई पद हस्तान्तरण गरिएको छ ।
वन समितिको सांस्कृतिक सभाहलमा आयोजित सपथ ग्रहण, प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ख्यामराज सिटौला, उपाध्यक्षद्वय दिलीप राई र धननारायण श्रेष्ठ (सुमन), सचिव मनिता राई, सहसचिव कविता गिरी र कोषाध्यक्ष बुद्धिमान बोहोरा लगायत अन्य १० जना सदस्यहरुले शपथ लिएका थिए । शपथ लिने सदस्यहरुमा रेनुका खवास, राजकुमार थापा, मनमाया तामाङ, टीकाप्रसाद शिवाकोटी, हिमादेवी अधिकारी, इन्द्रबहादुर बस्नेत, चेतकुमारी सापकोटा, टीकाराम राई, टीका अधिकारी र सूर्यकुमारी जोगी रहेका छन् ।
निर्वाचन समितिका संयोजक रूद्रबहादुर बोहोराको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख एवम् सामुदायिक वन उपभोक्ता महासंघका पूर्व केन्द्रीय सदस्य राजेन्द्रकुमार पोखरेलले सामुदायिक वनको अवधारणा अनुरुप वन संरक्षण, सम्बद्र्धन र विकास गर्न नवनिर्वाचित समितिलाई सुझाव दिएका थिए ।

मेयर पोखरेलले जामुनाबारी वन समूहले जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र बनाएर नगरकै गरिमा माथि उठाउन र स्थानीय जनताको आर्थिक अवस्थामाथि उठाउन खेलेको भूमिकाको प्रशंसा गर्दै उनले नगरपालिकाको तर्फबाट जामुनाबारी वन समूहले गरेका हरेक सकारात्मक कामको लागि सहयोग गर्ने वचन दिए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ झापाका सचिव मोहनप्रसाद खतिवडा, कनकाई सामुदायिक वन समूहका संस्थापक अध्यक्ष ख्यामप्रसाद ओली, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल, कनकाई नगरपालिका वार्ड नं. २का अध्यक्ष एवम् जामुनाबारी वन समूहका पूर्व अध्यक्ष परशुराम गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नवनिर्वाचित समितिको तर्फबाट ख्यामराज सिटौलाले प्रतिबद्धता मन्तव्य राखेका थिए । गत भदौ २७ गते ६ पदाधिकारीहरुको र असोज ५, ६ र ७ गते सदस्यहरुको निर्वाचन सम्पन्न भएको थियो । उक्त पद हस्तान्तरण कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सचिव दीननाथ खतिवडाले गरेका थिए ।

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर