भद्रपुर ।
तिहार तथा छठ पर्व नजिकिएसँगै झापाका खुल्ला सीमा क्षेत्रबाट नेपालमा प्रतिबन्धित बारुदजन्य पटका भित्रिन थालेका छन् ।
पूर्व काँकरभिट्टा नाका हुँदै भद्रपुर, कचनकवल, झापा, गौरादह, गौरीगञ्ज नाकाबाट पोके कारोबारीले कतै प्रहरी सेटिङ, त कतै प्रहरीको आँखा छलेर ठूलो परिणाममा पटका भित्र्याउन थालिसकेको व्यापारी स्रोतको दावी छ ।
यसैक्रममा झापाको कचनकवल गाउँपालिका– ४ स्थित केचनाबाट नेपाल तर्फ भित्र्याइरहेको २१ हजार मुल्य बराबरको पटका प्रहरीले बरामद गरेको छ । साईकलमा राखेर भित्र्याइरहेको १९ बण्डल खोर्साने पटका केचना प्रहरी चौकीबाट खटिएको टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएको पटका प्रहरी कार्यालय झापा नष्टका लागि ल्याइएको छ ।
झापाका अन्य नाकाभन्दा पोके कारोबारीले दक्षिणी नाकालाई पटका लगायत सरसामान भित्र्याउने सुरक्षित नाकाको रुपमा रोजेका छन् । केचना नाकाबाट यसअघि नै लाखांै मुल्य बराबरको पटका नेपाल भित्रिसकेको स्रोतको भनाई छ ।