Aamsanchar

नसर्ने रोगसम्बन्धी अभिमुखिकरण

Author Image
सोमवार, असोज २३, २०७४

इटहरी,

स्वीस फाउण्डेशनको सहयोगमा विश्वका तीन राष्ट्रमा पहिलोचरणमा सञ्चालन गरिएको नसर्ने रोगसम्बन्धी वृहत जनचेतना अभिमुखीकरण कार्यक्रम सुनसरीको इटहरी प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पन्न भएको छ ।
नेपाल, मोजाम्बिक र पेरुमा मात्र पहिलोचरणमा सञ्चालनमा आएको नसर्ने रोग मधुमेह, उच्च रक्तचाप र कुष्ठरोग हुँदा अपनाउनुपर्ने सावधानी एवं सर्तकताबारे सबैलाई जानकारी गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको नेपालका संयोजक कार्यक्रम प्राध्यापक डा निलाम्बर झाले जानकारी दिनुभयो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सामुदायिक औषधि विभाग प्रमुख प्रा झाको नेतृत्वमा अर्का प्रा डा सञ्जीव शर्मा र डा सुमनबहादुर सिंहको तीन सदस्यीय टोलीबाट यस्ता रोगबारे सर्वसाधारणलाई जानकारी गराउन चिकित्सा विज्ञानका क्षेत्रमा काम गर्दै आएकालाई प्रशिक्षण दिन थालिएको छ ।

यस्ता रोग भयावह अवस्थामा पुगिसकेकाले सर्वसाधारणको जीवन रक्षाकमा लागि राज्यको स्वास्थ्य नीतिमा समेत परिमार्जन गर्नुपर्नेमा पनि संयोजक प्राडा झाले जोड दिनुभयो ।

अस्वस्थकर खाद्य बस्तु फलफूल, प्रतिकूल वातावरण र वंशाणुगतरूपमा देखिने यस्ता रोगबाट नागरिकलाई सुरक्षित राख्न वर्तमान कृषि नीति अर्थात खाद्यान्न उत्पादकत्व बढाउने भन्दा पनि प्राङ्गारिक कृषि उत्पादन नीति बनाउनुपर्ने उहाँले बताउनुभयो ।

सुनसरी जिल्लाको स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति एवं विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि र जननिर्वाचित पदाधिकारी समेतको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा डा सुमनबहादुर सिंहले यस्ता रोगले नेपाललगायत विश्वमै पारेको असर तथा अपनाइनुपर्ने उपायबारे प्रकाश पार्नुभएको थियो ।

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर