अर्जुनधारा,
अर्जुनधारा नगरपालिकाको मेयर हरि कुमार रानाले कर्नी,तगारी चलाउन नजान्ने व्यक्ति आगामी दिनमा उपभोक्ता समितिको नेतृत्व गर्ने नसक्ने बताउनु भएको छ ।
मेयर रानाले विकासको कामलाई प्रभावकारी काम गर्नेको निम्ति निर्माण आफ्नो कर्तव्य सबैले संम्झनु पर्ने बताउनु भएको छ । सफा,सुन्दर,स्वच्छ र हरियाली नगर बनाउन सबै तह तप्काका व्यक्तिहरु लाग्नुपर्ने धारणा मेयर रानाले राख्नुभयो । मेयर रानाले बोर्डको ११ औं बैठकमा सो कुरा बताउनुभएकोे हो ।
मेयर रानाको अध्यक्षतामा बसेको नगरपालिकाको ११ औं बोर्डको बैठकले विविध विषयमा निर्णय समेत गरेको छ ।
सो बैठकले सामाजिक सुरक्षा भत्ता बैंक सम्म पुगी रकम प्राप्त गर्ने असुविधा हुने हुदा वडा–वडामा रकम वितरणको व्यवस्था मिलाउने,बर्षातमा आएको बाढीले नगर परिसरभित्र ६१ वटा पुल कल्भर्ट भत्काएकाले भत्केका पुलहरुको मर्मत संम्भार सहित निर्माण कार्यमा दक्षता हासिल गरेका व्यक्तिहरु सम्मिलित गराउदै उपभोक्ता समिति गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै नगरभित्र अव्यवस्थित,जोखिमयुक्त स्थलमा बसोबास गरिरहेका एंवम डुवान समस्या बाट पिडित हुने जनसंख्या,जमिन घरधूरीको लगत संकलन तत्काल गर्ने निर्णय भएको बताइएको छ । उक्त कार्यका लागि एक महिना भित्रमा वडाअध्यक्षहरुले प्रतिवेदन पेश गर्ने निर्णय सर्वसम्मत भएको जनाइएको छ ।
त्यस्तै नगरपालिकाको विविध निर्णय प्रक्रिया,कार्यसम्पादन सहित कामकारबाहीमा सहज पु¥याउन कानुनी,आर्थिक,प्रेस,खेलकुद,भौतिक पूर्वाधार लगायतका विषयहरुमा राय सल्लाह लिनका लागि विषयविज्ञहरुको व्यवस्थापन गर्ने,नगरलाई आवश्यक मेसिनरी तथा उपकरहरु खरिद गर्नका लागि समिति समेत गठन गरिएको छ । समितिमा वडा नम्बर ६ का वडाअध्यक्ष लोकनाथ गौतम,वडा नम्बर ३ का वडाअध्यक्ष जीवन कुमार भण्डारी,वडा नम्बर १० का वडाअध्यक्ष बलदेव सिंह गोम्देन,कार्यकारी अधिकृत राधाकृष्ण खतिवडा,योजना शाखा प्रमुख निरज अधिकारी रहेका छन् ।
त्यस्तै नगरभित्र प्रावधिक र कृषि शिक्षालाई प्रवद्र्धन गर्न कृषि शिक्षा तथा प्रावधिक विद्यालयको संम्भाष्यता अध्ययन एंव व्यवस्थापन गरी सिफारिस गर्न समिति समेत गठन गरिएको छ । समितिमा जीवन कुमार भण्डारी,दुर्गा प्रसाद दाहाल,भैरव बहादुर खड्का,दिलमाया दास रहेका छन् ।
निर्णय नम्बर ७ औं बुदामा शनिश्चरे बजारमा रहेका खसी बजारलाई दीर्घकालिन व्यवस्थापन गर्न बजारका लागि आवश्यक जग्गा उपयुक्त स्थानमा छनौट गरी खरिद प्रक्रियामा लैजान समिति समेत गठन गरिएको छ । समितिमा नवराम ढुङ्गाना,गोपीचन्द्र गौतम,पुष्प कुमार प्रसाई,रघुनाथ खनाल,रमेश त्रिखत्री रहेका छन् ।
त्यस्तै अर्जुनधारा नगरपालिकामा आर्गानिक कृषि प्रणालीलाई प्रवद्र्धन गरी विकास गर्न सोको सम्भाष्यता अध्ययन गरी विषयगत निकाय कार्यालयहरु सग समेत समन्वय गरी आवश्यक कार्यक्रम संञ्चालन गर्ने निर्णय नम्बर ८ मा उल्लेख गरिएको छ । त्यस्तै अर्जुनधारा नगरक्षेत्र भित्रका उदयमान खेलाडीहरु सहित विविध विधाका राष्ट्रिय खेलाडीहरु पहिचान गरी प्रोत्साहन र उत्प्रेरणा अभिबृद्धि गर्ने उदेश्यले एक कार्यक्रमका बिच सम्मान गरिने बताइएको छ ।
त्यस्तै अर्जुनधारा नगरपालिकामा रहेका ज्येष्ठ नागरिकहरुको नियमित स्वास्थ्य जाच गर्नका लागि वडा–वडामा गई स्वास्थ्य शिविर संञ्चालनको व्यवस्था मिलाउने,नगरपालिकाको सूचना प्रवाह गर्न बोर्ड सदस्य शकुन्तला बराललाई प्रवक्ता तोकिएको जनाइएको छ ।
बैठकमा नगरप्रमुख राना,उप प्रमुख कमला खतिवडा आचार्य,वडाअध्यक्षहरु गजाधर खतिवडा,रघुनाथ खनाल,जीवन कुमार भण्डारी,दुर्गा प्रसाद दाहाल,ध्यान बहादुर भारती,लोकनाथ गौतम,नवराम ढुगाना,गोपिचन्द्र गौतम,पुष्पकुमार प्रसाई,बलदेव सिंह गोम्देन तामाङ्ग,भैरव बहादुर खड्का,नगरपालिका संचालन समिति सदस्य लक्ष्मी तामाङ्ग,हरिमाया भण्डारी,शकुन्तला बराल,दिलमाया दास,खिनमान दर्जी,रमेश कुमार दर्जी,दिलिप गुरुङ्ग,कार्यकारी अधिकृत एंवम सदस्य सचिव राधाकृष्ण खतिवडाको उपस्थिती रहेको थियो ।