(नरेन्द्र ढकाल)
विर्तामोड ।


झापाको बिर्तामोडमा रहेको बीएण्डसी हस्पिटलले अत्याधुनिक ल्याब टेस्टका उपकरणहरु सञ्चालनमा ल्याएको छ । १७ करोड रुपैंयाको लगानीमा अमेरिकका विभिन्न अस्पतालहरुमा प्रयोग गरिने उपकरणहरु नेपाल भित्रियाइएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए ।
अस्पतालले बुधबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक प्रसाईले भने–करोडौंका ल्याब टेस्टका उपकरणहरु ल्याएका छौं । हामीसंग अब दक्ष चिकित्सकका साथ उच्च स्तरीय प्रविधिसमेत भएको छ ।
बीएण्डसी हस्पिटलले कुनै पनि ल्याब टेस्ट गर्न अब विदेश पठाउनु नपर्ने र विदेश टेस्टका लागी लैजानुपर्ने कुनै अवस्था आएका बीएण्डसीमा ल्याउन सबै अस्पतालहरुलाई आग्रह समेत गरेका छन् । भारतका मेदान्त लगायतका उच्च स्तरका हस्पिटलहरुमा जडान गरिएका प्रविधिहरु बीएण्डसीमा रहेको भन्दै अब ल्याब टेस्टका कारण बिरामीको रोग पत्ता लगाउन सहज हुने डा.दिनेश यादवले बताए ।
अन्तराष्ट्रिय मान्यता प्राप्त (आईएसओ) प्रविधिका साथ सम्बन्धित क्षेत्रकका दक्ष चिकित्सकहरुले सेवा प्रदान गर्ने बीएण्डसी हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । अमेरिका, र्जमन, स्पेन लगायतका देशहरुमा सञ्चालनमा ल्याइएका उपकरणहरु बीएण्डसीमा ल्याइएकाले अब ल्याब टेस्टको नतिजा ९९.९९ प्रतिशत सहि हुने डा.यादवले दाबी गरे ।
सामान्य ज्वरोदेखि क्यान्सर जस्ता प्राणघातक रोगहरुको पनि उच्च स्तरीय प्रविधि मार्फत ल्याब टेस्ट गरेर रिर्पोट निकालीने चिकित्सकहरुले बताएका छन् । अस्पतालले विभिन्न विभाग बनाएर छुटाछुट्टै ल्याब टेस्ट गर्ने बताइएको छ ।एउटै ब्यक्तिको विभिन्न अस्पतालहरुमा फरक–फरक प्रकारका रिर्पोट आउने गरेकाले चिकित्सक तथा विरामीनै अलम्लमा पर्नु परेको अवस्थामा उच्च स्तरको प्रविधिहरु भित्रिएसंग अब दुविद्धामा पर्नुनपर्ने अस्पतालले जानकाएको छ ।
दैनिक तीन सयसम्मको ल्याब रिर्पोटहरु निकाल्न सकिने जनाइएको छ । अस्पतालले सेवा सुरु गरे लगत्तै ३५–५० वटा सम्म टेस्ट गर्न अन्य अस्पतालहरुले ल्याउने गरेको जनसम्पर्क अधिकारी गिरीले जानकारी दिए । ल्याब टेस्टका लागी मात्रै ५० दक्ष चिकित्सक, नर्स तथा कर्मचारी गरेर ५० बढी कर्मचारी सेवा दिन तल्लिन रहेको जनाइएको छ ।
यसैबीच अस्पतालका कार्यकारी निर्देशक प्रसाईले झापाका विभिन्न अस्पतालहरुले भारतका विभिन्न अस्पतालहरुमा कमिशनको चक्करमा परेर विरामी किनबेच हुने गरेको दाबी गरेका छन् । उनले बीएण्डसी हस्पिटलमा नै सबै उपचार हुने थाहा पाएपनि बिरामीलाई भ्रममा पारेर भारतका अस्पतालहरुमा रेफर गर्ने गरेको बताए ।
मेची अञ्चालका २७ लाख नागरिकको साझा सम्पत्ति बीएण्डसी भएको भन्दै अब कसैले कुनैपनि रोगका कारण अकालमा ज्यान गुमाउनु नपर्ने समेत उल्लेख गरेका छन् । स्वास्थयको क्षेत्रमा आफुले क्रान्ति गरेपनि आफुहरु विरुद्ध केही ब्यक्तिहरुले भा्रमक प्रचार गर्ने गरेकाले त्यस विरुद्ध कलम चलाईदिन पत्रकारसंग आग्रह समेत गरेका छन् ।
उनले बीएण्डसी हस्पिटल विशव स्तरीय हस्पिटल बन्न सफल भएकाले सबैले यसको संरक्षण गर्नुपर्ने धारणा ब्यक्त गरे ।

