Aamsanchar

सीता एयरको विमान दुर्घटना हुनबाट बच्यो

Author Image
बिहिवार, असोज २६, २०७४

सोलुखुम्बु, 

सीता एयरको विमान बिहीबार दुर्घटना हुनबाट बचेको छ । आज बिहान तेञ्जिङ्ग हिलारी विमानस्थल, लुक्लाबाट काठमाडौंका लागि उडान भर्न लागेको जहाज दुर्घटनाबाट बचेको हो ।

बिहान ७ः४५ बजे लुक्लामा अवतरण गरेको सीता एयरको नाइन–एनएजेएच कल साइन रहेको विमानको चक्कामा खराबी आएपछि चालक दलले समयमा नै थाहा पाएपछि विमानलाई पुनः पार्किङ्गतर्फ नै फर्काइ सुरक्षित गरिएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ । उडानका लागि धावन मार्गको झण्डै एक सय मिटर दूरी पार गरेपश्चात मात्र विमानको हाईड्रोलिक चक्कामा खराबी आएको चालक दलले थाहा पाएका थिए ।

विमान मर्मतका लागि काठमाडौंबाट बिहीबार नै प्राविधिक टोली आएर मर्मत गरेको थियो ।  मर्मतपश्चात पुनः विमान बिहान १० बजे नै काठमाडौंका लागि उडेको थियो । विमानमा रहेका सबै चालक तथा यात्रु सकुशल रहेको पनि प्रहरीले जनाएको छ ।

Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर