Aamsanchar

मधेस समता पार्टी एमालेमा समायोजित, सीमा रक्षक यादव एमाले प्रवेश

Author Image
बिहिवार, असोज २६, २०७४

काठमाडौं :

मधेस समता पार्टी नेकपा एमालेका समायोजित भएको छ। पार्टीका अध्यक्ष सांसद तथा पूर्व उद्योग राज्यमन्त्री मेघराज निषाद सहित सिंङ्गो पार्टी बिहीबार एमालेमा समायोजन भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले आज एमाले संसदीय दलको कार्यालयमा पार्टी प्रवेश गराएका हुन्।

यसै गरी सीमारक्षक सप्तरी तिलाठीका देवनारायण यादव पनि एमालेमा प्रवेश गरेका छन्। उनी नेपाली कांग्रेसका क्रियाशील सदस्य थिए। उनी कांग्रेसबाट जिल्ला विकास समितिको निर्वाचित पूर्व सदस्य हुन्। उनले एमालेमा निशर्त प्रवेश गरेको र आफू बाँच्दासम्म सिमा रक्षा गरिरहने बताए।

केही दिनअघि उनलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेर एक हप्तापछि छुटेका थिए। ‘भारतीय दूतावासबाट मलाई बारम्बार फोन आउँछ। त्यहाँ गएर महामहिमलाई भेट भनेर। मेरो बाँच्ने केही टुङ्गो छैन।

कहिले मार्छन् मलाई थाहा छैन। तर म जान्न। मलाई मारे मारुन्। म बाँच्दासम्म मेरो देशको सीमा रक्षा गर्न छाड्दिन्’ बिहीबार आयोजित कार्यक्रममा उनले भने।-थाहाखबरबाट

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर