झापा ।

झापाको बिर्तामोडस्थित एक सुन पसलबाट विहिवार दिउँसै अपरिचत एक युवकले दुई तोला १२ आना सुनका गरगहना लुटेर फरार भएका छन् ।

विर्तामोड नगरपालिका ५ स्थित अष्टलक्ष्मी ज्वेर्लसमा ग्राहक बनेर गएका एक युवकले पसलबाट सुनका तयारी गहना लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।पसलका सञ्चालक राजेश बराईलीले प्रहरीलाई दिएको जानकारी अनुसार अपरिचत एक युवक पसलमा आएर विवाहको लागि सुनका गरगहना चाहियो भन्दै, हेर्न आएका थिए ।
दराजबाट दुई वटा सिक्री र एउटा औठी देखाएलगतै ती युवकले गहना लिएर लुटेर भएको सञ्चालक बराईलीले प्रहरीलाई जानकारी गराएको झापाका एपसी बिष्णुकुमार केसीले बताए । पसलबाट सुन लुटेर फरार युवक नम्बर नखुलेको मोटरसाईकल चढेर फरार भएको थियो ।

पसलमा सिसी क्यामेरा नभएकोले चोरको पहिचानमा केहि समस्या हुनसक्ने एसपी केसीको भनाई छ । ती युवक विहान गहना हेर्न आएको र पुनः दिउँसो पनि गहना हेर्ने आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
घटना भएलगतै साधा पोशाकमा प्रहरी परिचालन गरि खोजी कार्य तिब्र बनाइएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी राजकुमार सिलवालले जनाकारी दिए ।

