Aamsanchar

सभामुखलाई सक्रिय भूमिका खेल्न प्रा डा केसीको आग्रह

Author Image
बिहिवार, असोज २६, २०७४

काठमाडौँ,

अनशनरत प्रा डा गोविन्द केसीले संसद् प्रमुखको हैसियतले सभामुखलाई चिकित्सा शिक्षा विधेयक पारित गराउन सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको छ ।

प्रा डा केसीले आज पत्रकार सम्मेलन गरी सभामुखलाई संसद्को बाँकी रहेको अवधिमा विधेयकलाई सहीरूपमा पारित गराउन आग्रह गर्दै भन्नुभयो, “केही राजनीतिक दल र सांसदहरू नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा पाउने तथा आम विद्यार्थीको सस्तोमा चिकित्सा शिक्षा पाउने अधिकार कुण्ठित गर्न सक्रिय भएका छन्, त्यसैले ऐन असफल पार्न लागेका छन् ।”

डा केसी आठ दिनदेखि स्वास्थ्य तथा चिकित्सा शिक्षा सुधारका लागि चिकित्सा शिक्षा ऐन आउनुपर्ने माग राखी १३ औँ आमरण अनशनमा हुनुहुन्छ । चिकित्सा विधेयक संसद्मा विचाराधीन छ ।

Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर