झापा,
६२ औ नेपाल प्रहरी दिवस झापामा विविध कार्यक्रमका साथ मनाइएको छ ।
अञ्चल प्रहरी कार्यालय मेचीले झापाको भद्रपुरमा शुक्रबार प्रहरी दिवस मनाएको हो । प्रहरी कार्यालय परिसरमा राखिएको अमर प्रहरीको स्तम्भमा माल्याअर्पण गर्दै कार्यक्रमलाई औपचारिकता दिइएको थियो ।
कार्यक्रमको संघिय इकाई कार्यालय मेचीका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक पिताम्बर अधिकारी, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विष्णु केसी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा यसबर्ष उत्कृष्ट चार जनालाई पुरस्कृत गरिएको जनाइएको छ । प्रहरीको अपराध अनुसन्धान तथा प्रहरीसंग विभिन्न क्षेत्रमा सहकार्य गरेको भन्दै बीएण्डसी हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरी सहित चार जना सम्मानित भएका हुन् । अपराध नियन्त्रण तथा अनुसन्धान कार्यलाई प्रभावकारी र उपलब्धीमुलक बनाई सहयोग पु¥याएको भन्दै गिरीलाई सम्मान गरिएको हो ।
गिरीले समाजलाई अपराध मुक्त बनाउन प्रहरीलाई जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताए । विभिन्न संघ संस्थामा आवद्ध गिरी ले बीएण्डसी हस्पिटलको तर्फबाट आत्महत्या न्यूनिकरणका लागी प्रहरीले चलाएको अभियानमा सहयोग गरेका थिए ।
यसैबीच झापामा प्रहरीलाई जग्गा दिने दाताहरुलाई समेत सम्मान गरिएको थियो भने अमर प्रहरीका परिवारलाई समेत सम्मान गरिएको जनाइएको छ ।