Aamsanchar

२० करोड मानिसमा दृष्टि दोष

Author Image
शुक्रवार, असोज २७, २०७४

बिर्तामोड।

झापाको बिर्तामोड नगरपालिकामा रहेका आँखा अस्पतालले विहीवार विश्व दृष्टि दिवस मनाएका छन् ।
मेची आँखा अस्पताल र दृष्टि आँखा अस्पताल बिर्तामोडले विभिन्न कार्यक्रमको आयोजना गरी विश्व दृष्टि दिवस मनाएका हुन् । मेची आँखा अस्पताल बिर्तामोडबाट निकालिएको ¥यालीले बिर्तामोड नगरपरिक्रममा गरेको थियो ।

¥यालीपछि आयोजित सभामा मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले नियमिज आँखा जाँच गराउन आग्रह गरे । उनले दुवै आँखाले समान देखिनु पर्ने र एउटा आँखा छोपेर अर्काे आँखाले हेर्दा समान नदेखिए तत्काल नेत्ररोग विशेषज्ञकोमा पुगेर आँखा जाँच गराउन आग्रह गरे ।
त्यस्तै दृष्टि आँखा अस्पतालका डा. शेषकान्त अर्यालले विश्वमा २० करोड मानिसमा दृष्टि दोष रहेको जनाउँदै उनीहरुको खोजी गरिरहेको बताए । सोही क्रममा यस पटकको दृष्टि दिवसमा मेन भिजन काउन्ट भन्ने मूल नाराका साथ विश्वभर यो दिवस मनाइएको बताए ।
कार्यक्रममा बोल्दै मेची आँखा अस्पताललकै डा. अजित झाले नियमित आँखा जाँच गराए कोही पनि अन्धोपनको सिकार हुनु नपर्ने बताए । उनले विषेश गरी विद्यार्थीका आँखा नियमित जचाइदिन अभिभावकसँग आग्रह गरे ।
दिवसकै अवसर पारेर अस्पतालले बिर्तामोड नगरपालिकामा आँखा स्वास्थ्य प्रर्दशनी र रक्तदान कार्यक्रमको समेत आयोजना गरेको मेची आँखा अस्पतालका प्रशासकीय अधिकृत सुरज रौनियारले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर