Aamsanchar

बिर्तामोडमा ‘लाटीको छोरो’

Author Image
शुक्रवार, असोज २७, २०७४

बिर्तामोड।

झापाको बिर्तामोडमा नाटक ‘लाटीको छोरो’ मञ्चनका तयारी गरिएको छ । बिहीबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेनलमा नाटक मञ्चन गरिने जानकारी दिइएको हो ।
आगामी कात्तिक २५ गतेदेखि २९ गतेसम्म बिर्तामोडको अतिथि सदनमा नाटक मञ्चनको तयारी गरिएको नाटकको प्रोडक्सन डिजाइनर प्रकाश दाहालले जानकारी दिए । दाहालका अनुसार मंसीर १ र २ गते शिवसताक्षी नगरपालिकाको दूधेमा नाटक मञ्चनको तयारी गरिएको छ । काठमाडौंको मण्डला नाटक घरमा सफलतापूर्वक मञ्चन भइसकेको नाटकलाई पूर्वका विभिन्न शहरहरुमा मञ्चन गर्ने तयारी स्वरुप बिर्तामोडमा नाटक मञ्चनको तयारी गरिएको दाहालले बताए ।
गाउँमा पनि नाटक हेर्ने संस्कारको विकास गर्ने उद्देश्यले पहिलो पटक राजधानी बाहिर नाटक मञ्चनको तयारी गरिएको उनले बताए । उनले भने– ‘काठमाडौंको रंगमञ्चको खास स्वाद हामी यो नाटक मार्फत पूर्वमा तपाई हामै्र घर आँगनमा पस्किने जर्मको गर्दैछौं । आफ्नो गाउँ ठाउँमा नाटक देखाउन चाहने कोही हुनुहुन्छ भने पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।’
बिर्तामोड मञ्चनका लागि हेल्पिङ हेन्ड्स, क्षितिज नाट्य समूह, सैनिक युथ क्लवले सहकार्य गरेको छ भने ग्लोबल म्यानेजमेन्ट फाउण्डेनशले, शिवसताक्षी नगरपालिकामा स्थानीय संस्था कृपा नेपालले संयोजन गर्ने उनले बताए ।
कार्यक्रममा क्षितिज नाट्य समूहका माधव कल्पित, सैनिक युथ क्लवका पृथ्वी बस्नेत, कृपा नेपालका कविराज राई, हेल्पिङ ह्याण्ड्सका कमल न्यौपाने, रुपनारायण मुखिया लगायतले राजधानी बाहिर मोफसलमा नाटक मञ्चन गर्नु खुशीको कुरा भएको बताउँदै आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।
श्याम शाहको कथा लाटीको छोरोलाई नाट्य रुपान्तरण गरेर तयार पारिएको यो नाटकलाई सुरक्षण भारतीले निर्देशन गरेका हुन् । आर्ट स्टुडियोको प्रस्तुतिमा तयार भएको यस नाटकमा अभिनेत्री केनिपा सिंहले लाटीको भूमिका निर्वाह गरेकी छिन् । नाटकमा टिका पहारीले गाउँका नेता विषनाथको भूमिका निभाएका छन् ।
त्यस्तै नाटकमा प्रकाश दाहाल, सन्देश लामिछाने, कुन्दन थारु, रियर राई, पशुपति राई, राजन काफ्ले, सुदिप खतिवडा, रोशन सुवेदी, आयन खड्का, मिलन कार्की र मेलिन पराजुलीले लगायतले अभिनय गरेका छन् ।
यसअघि काठमाडौंमा मञ्चन गरिएको नाटक पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कलाकारहरु विल्सनविक्रम राई, गौरव पहारी, एड्रिन प्रधान लगायतले हेरिसकेपछि खुलेर प्रशंसा गरेका थिए । नाटकलाई सफल पोखरेल, जिया लामा र अनिष न्यौपानेले निर्माण गरेका हुन् ।

Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर