Aamsanchar

बिर्तामोडमा १२ करोडमा तयार भयो होटल हेभन ग्रेण्ड

Author Image
शुक्रवार, असोज २७, २०७४

बिर्तामोड।

स्टार स्तरमा स्तरोन्नती गरेर झापाको बिर्तामोडस्थित होटल हेभन ग्रेण्ड पुनः सञ्चालनको तयारी गरिएको छ । बिर्तामोड–५ जात्रुबाडीमा अवस्थित होटल हेभन यही कात्तिक १५ गतेबाट सञ्चालनमा ल्याउन लागिएको होटलका संस्थापक तथा अध्यक्ष प्रशान्त गिरीले जानकारी दिए । पारिवारिक वातावरण र आधुनिक सुविधायुक्त होटलको कूल लागत १२ करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ ।
होटल साढे ८ कठ्ठा क्षेत्रफलमा आकर्षक गार्डेनसहित फैलिएको छ । स्तरोन्नतीका लागि बितेको एक वर्ष होटल बन्द थियो । त्यस अवधिमा पुनर्निमाण गरी अहिलेको आकर्षक र सुविधायुक्त रुपमा होटल तयार गरिएको अध्यक्ष गिरी बताउँछन् ।
होटल हेभनको स्थापना २०६० सालमा भएको थियो । अहिले होटलमा २ हजारदेखि १० हजारसम्म पर्ने २२ वटा लज रहेको छ । ती कोठाहरु एटेज, एसी जडित स्मार्ट टिभी, फ्रिज, बाथटप, तातो तथा चिसो पानी लगायतको सुविधा रहेको छ । पर्याप्त पार्किङसहित सुरक्षित वातावरण रहेको होटलमा सिसि क्यामेरा समेत जडान गरिएको बताइएको छ । अनियमित विद्युत् आपूर्तिको अवस्थालाई दृष्टिगत गरी जेनेरेटरको समेत प्रबन्ध गरी २४सै घण्टा विद्युत् आपूर्ति गरिने बताइएको छ ।
फ्रि वाइफाईसहित दुईवटा हल छुट्टै रेष्टुरेण्ट र बार समेत रहेको जनाइएको छ । एसी र प्रोजेक्टर जडित एउटा हलमा तीन सय जना र अर्कोमा ७५ जना आँट्न सक्ने छन् । बिवाह, व्रतबन्ध, सेमिनार, बैठक तथा अन्य सार्वजनिक कार्यक्रम गर्न हल उपयुक्त रहेको अध्यक्ष गिरीले बताए । बिवाहको लागि अलग्गै स्वयम्बर स्थलको व्यवस्था गरिएको छ ।
सबैखाले पेय पदार्थ, इण्डियन, चाइनिज, कन्टिनेन्टल र नेपाली खानाका परिकारहरु अनुभवी कुकहरुबाट तयार हुने बताइएको छ । ‘सुरक्षित, प्रदुषणमुक्त, एकान्त अनि शान्त, आकर्षक गार्डेन र पारिवारिक वातावरण होटल हेभनको प्रमुख विशेषता हो’–अध्यक्ष गिरीले भने– ‘पाहुना पर्यटकको चाहना र आवश्यकता बमोजिम हामीले होटल हेभनलाई तयार गरेका छौं ।’
अरु होटलभन्दा फरक र सुविधायुक्त सेवा प्रवाह गर्ने आफ्नो पहिलेदेखिको सोचका कारण अहिलेको होटल हेभन तयार भएको बताउँदै अध्यक्ष गिरीले भने– ‘निकट भविष्यमा ५० बढी सुविधायुक्त सुत्ने कोठा, स्वीमिङ पुल र हेल्थ क्लव बनाइने छ ।’
तत्कालका लागि होटलमा २५ जनाले रोजगारी पाउने तथा २४सै घण्टा अतिथि सहायता कक्षको सेवा समेत रहने बताइएको छ । विभिन्न देश र स्थानका होटलहरु हेरेपछि नयाँ सोचका साथ होटलको स्तरोन्नती गर्ने आफ्नो लक्ष्य अनुसार काम भएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर
यस्ताे छ आजको माैसम
बिहिवार, कार्तिक २२, २०८१
छठ पूजा र सूर्य भगवान संगको सम्बन्ध
बिहिवार, कार्तिक २२, २०८१