[सागर गौतम]

खुदुनाबारी,


अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार रानाले नगरको विकासको संम्भावना र समस्यालाई अवलोकन गरेका छन् ।
नगर प्रमुख रानाले वडा–२,३ सहित वडा –४ का वडागत समस्या अवलोकन गरेका हुन् । नगर प्रमुख रानालाई बडाअध्यक्ष सहित स्थानीय बृद्धिजिवी वडाको समस्याको बारेमा ध्यानआकर्षण गराएका थिए ।

अर्जुनधारा–२ अन्तर्गत खुदुनाबारी बाट बुधबारे जाने इलाका बाटोको चौरासेमा बक्स कल्भर्ट,खुदुनाबारी बाट बुधबारे जाने इलाका बाटो कृष्ण दंगालको घर पूर्व होलीमा बक्स कल्भर्ट,मिलन चोकबाट रात्ते जाने बाटोको गुटमुटे कित्ता पूर्व होलीमा बक्स कल्भर्ट,रात्ते जाने बाटो नौं नम्बर पैनीमा बक्स कल्भर्ट,पाँडे खोल्सीमा बक्स कल्भर्ट,भोर्लेनी सडक हेम सार्कीको घर छेउमा बक्स कल्भर्ट निर्माणको आवश्यकता रहेको स्थानीयबासी बताउँछन् ।
्त्यस्तै खड्क बहादुर भुजेलको घर पूर्व होलीमा बक्स कल्भर्ट,राते खोला घाटगद्धीमा छेउ बक्स कल्भर्ट,राते प्रेम आचार्यको घर पूर्व बक्स कल्भर्ट,गुन्द्रुके खोल्सीमा बक्स कल्भर्ट,सिकारी खोल्सीमा बक्स कल्भर्ट निर्माण अति आवश्यक रहेको नगर प्रमुख रानालाई बडाअध्यक्ष रघुनाथ खनाल सहित स्थानीयबासीले ध्यानआर्कषण गराएका थिए ।


त्यस्तै वडा न–३ मा अन्तर्गत ढु·े खोल्सीमा बक्र्स कल्भर्ट,सुखानी पहिरोमा सडक मर्मत सहित पहिरो नियन्त्रण,कसुेहोलीमा बक्स कल्भर्ट,आइतराज गजमेरको घर पश्चिम बा·ेहोलीमा बक्स कल्भर्ट,वडा न–२ र ३ को सिमानामा रहेको रघुबिर बस्नेतको घर पश्चिम बक्स कल्भर्ट,पग्लाखोला कल्भर्ट ( काजी रसाइलीको घर छेउ ) बुढीसुखानीमा पहिरो उत्तर खोल्सीमा बक्स कल्भर्ट,कुसुमे खोल्सीमा बक्स कल्भर्ट,चौरासे होलीमा बक्स कल्भर्ट,पग्ला खोला भित्तीगाँउ जाने बाटोमा पुल,सुखानी खोला कज्वे मर्मत,पग्ला खोला कज्वे,कैंदले पोखरी छेउ बा·ेहोलीमा बक्स कल्भर्ट निर्माण आवश्यक रहेको बताइएको छ ।
त्यस्तै अर्जुनधारा वडा न–४ अन्तर्गत जंगे चौतारो पश्चिम कक्वाली होली बक्स कल्भर्ट ,भा·बारी स्कुल पूर्व नयाँ कल्भर्टको छेउ प्लम निर्माण,सानो चोक पूर्व लालपानी होली बक्स कल्भर्ट,बाँघेडाँगी पुच्छर कज्वे,राजेन्द्र कार्कीको घर छेउ कल्भर्टको पंखा निर्माण,देवी बरालको घर छेउ कल्भर्ट,दहिझोडा कज्वेमा पक्की पुल,मिलडाँडा पश्चिम होलीमा बक्स कल्भर्ट,गजेन्द्र कटुवालको घर छेउ कक्वाली होली माथिल्लो भाग बक्स कल्भर्ट,ठेलावालको घर छेउ होलीमा बक्स कल्भर्ट,दहिझोडा सुकुम्बासी टोल खहरे खोल्सीमा बक्स कल्भर्ट,रातेखाल सानो मिलडाडाँ गुमा सिंह खोल्सीमा बक्स कल्भर्ट निर्माण आवश्यक रहेकाले नगर प्रमुख रानालाई ध्यानआकर्षण गराएको वडाअध्यक्ष दुर्गा दाहालले जानकारी दिए ।
अवलोकन गर्ने क्रममा वडा न–२ वडा अध्यक्ष रघुनाथ खनाल,स्थानीय अगुवा योग प्रसाद आचार्य,रुप नारायण समाल,प्रेम सागर खनाल थिए भने वडा न–३ मा वडाअध्यक्ष जीवन कुमार भण्डारी,नगर सभा सदस्य होम दुलाल,सिताराम भट्टराई,वडा न–४ मा वडाअध्यक्ष दुर्गा प्रसाद दहाल,नगर सभा सदस्य देवी खतिवडा स्थानीय अगुवा एकदेव खनाल लगायतको उपस्थिती रहेको थियो ।
स्थानीयबासीको गुनासोलाई सम्बोधन गदै नगर प्रमुख रानाले कर्नी चलाउन नजान्ने र तगारी बोक्न लजाउने स्थानीय निर्माण उपभोक्ता समितिका पदाधिकारी,सदस्य बन्न नसक्ने बताए । स्थानीय बृद्धिजिवी तथा समाजसेवीहरुबाट विकास निर्माणको काम अनुगमन एंव लेखा समिति गर्ने निर्णय नगरले सर्वसम्मत रुपमा पारित गरेको रानाले बताए ।

