Aamsanchar

विद्युत् चुहावट गर्ने २४ जना पक्राउ

Author Image
शुक्रवार, असोज २७, २०७४

लहान,

हुकिङ गरी विद्युत् चुहावट गर्ने करिब दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले दुई दिनको अवधिमा लहान नगरपालिकासहित जिल्लाका विभिन्न स्थानबाट २४ जनालाई पक्राउ गरेको हो ।

विद्युत् चुहावट नियन्त्रणका लागि अनुगमन निरीक्षणका क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा जिल्लाको महदेवा पोर्ताहा, मलहनमा, बेताहा, मिर्जापुर, छरापटी, मोतीपुरलगायतका स्थानबाट २४ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको विद्युत् प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिनुभयो ।

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारबाही गरिएको प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार सो क्रममा विद्युत् मिटर २६ थान, चार थान पंखा र दुई थान टिभीसमेत बरामद गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर