सुरुङ्गा।
कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाको तेस्रो वार्षिक साधरणसभा सम्पन्न भएको छ ।नेपाल उद्योग वाणिज्य संघका प्रदेश नम्बर १का अध्यक्ष नरेन्द्र खड्काको प्रमुख आतिथ्यमा भएको वार्षिक साधारणसभामा कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलले निर्माणाधिन कनकाई अथिति सदनको निर्माणकार्य सम्पन्न गर्ने, वस्तुगत तथा विषयगत सदस्यताको लागि आवेदन खुल्ला गर्ने, नगरपालिकासँग समन्वय गरी नगरक्षेत्रमा व्यावसायिक भवन निर्माण गर्ने, सम्बन्धित नगरपालिका र गाउँपालिकाहरुसँग समन्वय गरी बजार क्षेत्रमा आवश्यक पूर्वाधारहरुको निर्माण लगायतका कार्य गरिने बताए ।
अध्यक्ष पोखरेलले संघका कार्यक्रम अबउप्रान्त निर्धारित समयमा शुरु गर्ने र निर्धारित समयमै सम्पन्न गर्ने निर्णय गरिएको जानकारी दिए । साधारणसभा पनि निर्धारित समयमा शुरु भएर तोकिएकै समयमा सम्पन्न भएको थियो । प्रमुख अतिथि खड्काले बन्द निषेधित तथा पर्यटकीय नगरीका रुपमा चिर्चित कनकाई नगरीमा उद्योग खोल्नका लागि लगानीको वातावरण वनाउन लागि पर्न नगरपालिका र कनकाई उवासंघसँग अनुरोध गरे ।
कार्यक्रमका विशेष अतिथि कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कनकाई नगरलाई समृद्धको नगर बनाउन र विश्वका व्यापारी व्यवसायी तथा उद्योगपतिहरुलाई कनकाई नगरमा लगानी गर्ने वातावरण मिलाउन कनकाई नगरपालिकाले तत्कालै नयाँ व्यावसायिक भवन निर्माण गर्ने तथा २५ बिगाहा जग्गा खोजेर नयाँ औद्योगिक क्षेत्रको स्थापना गर्ने कार्य अगाडि बढाएको बताए । अर्का विशेष अतिथि कनकाई नगर वार्ड नं. ३का अध्यक्ष रूद्रप्रसाद चिमरियाले विगतका सबै नराम्रा कुरालाई छाडेर समग्र नगर र नगरवासीको हितमा काम गर्न सबैमा अनुरोध गरे ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेकपा एमाले प्रदेश नं. १ सदस्य हिरा थापा, माओवादी केन्द्रका कनकाई नगर संयोजक चन्द्रमान कन्दङवा, सुरुङ्गा जेसीजका अध्यक्ष जबिन तिम्सिना, जामुनाबारी सामुदायिक वन समूहका अध्यक्ष ख्याम सिटौला, कनकाई माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेती, सुरुङ्गा बजार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद खरेल, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका अध्यक्ष प्रकाश चुडाल लगायतले बोलेका थिए ।
उपाध्यक्ष कृष्ण चुडालले स्वागत मन्तव्य राखेको कार्यक्रम महासचिव सोमनाथ उप्रेतीले सञ्चालन गरेका थिए ।