Aamsanchar

काँग्रेसजन संविधान कार्यान्वयनका लागि गोलबद्ध हुनुपर्ने

Author Image
शनिवार, असोज २८, २०७४

काठमाडौँ, 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले लोकतन्त्रको सुन्दर पक्ष एकता भएको बताउनुभएको छ ।

उहाँले नेपाली काँग्रेस क्षेत्र नं २ भक्तपुरले आज नंखेलमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा वामपन्थी गठबन्धन तासको घर नबनोस् भन्नुभयो । नेता गुरुङले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेसका नेता एवं कार्यकर्ताले फुटेर नभई जुटेर एकता कायम गर्नुपर्ने जानकारी दिनुभयो ।

पूर्वउद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठले काँग्रेस गौरवशाली इतिहास बोकेको लोकतान्त्रिक पार्टी भएको बताउनुभयो । काँग्रेसका सांसद रामेश्वर ढुंगेलले एकतामा ठूलो शक्ति अडिएको बताउँदै काँग्रेसजन संविधान कार्यान्वयनका लागि गोलबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो ।

काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले काँग्रेस एकतामा विश्वास राख्ने पार्टी भएको बताउनुभयो । कार्यक्रममा काँग्रेसका नेता नारायणभक्त खायमाली, निशान ढुंगेल, अंगत खड्कालगायतले लोकतन्त्रका पक्षमा धारणा राख्नुभएको थियो ।

Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर