कालिस्थान ।
कालिस्थानमा जारी तेस्रो मनास्लु च्यालेञ्ज फुटबल कपमा बुट्टाबारीलाई पराजित गर्दै नवदुर्गा स्र्पोटिङ् क्लब कालिस्थान सेमीफाइनलमा प्रबेश गरेको छ ।
आज भएको अन्यन्तै प्रतिस्पर्धात्मक खेलमा बुट्टाबारी क्लबलाई ट्राइबेकरमा ४ का विरुद्ध ५ गोल गर्दै नवदुर्गा स्र्पोटिङ् क्लब कालिस्थान सेमीफाइनलमा प्रबेश गरेको हो ।
खेलका निर्धारित समयसम्म दुवै टिमबाट १÷१ गोलको बराबरी भएपछि खेलको निर्णय ट्राइबेकरबाट लिएको हो । ट्राइबेकरमा बुट्टाबारीको एउटा प्रहार विफल भएपछि खेलबाटै बाहिरिएको आयोजक मनास्लु परिवार कालिस्थानका अध्यक्ष मनोज गोम्देनले जानकारी दिनुभएको छ ।
भोलि देखि सेमीफाइनलका खेलहरु हुनेछन भने पहिलो सेमीफाइनलमा फे्रन्डसिप गोर्खाली युवा परिवार वुद्धशान्ति र मदनपुर युवा परिवार अर्जुनधारा भिड्ने अध्यक्ष गोम्देनले बताउनुभयो ।
१० वटा फुटबल क्लबले भाग लिएको प्रतियोगिताको उपाधि विजेताले २५ हजार रुँपैया, उपविजेताले १५ हजार रुँपैया, शिल्डकप, ट्रफी, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । प्रथम पुरस्कारको शौजन्य समाजसेवी कुमार सुब्बा, द्धित्तिय पुरस्कार पवित्रा हार्डवेयरका प्रोपाइटर सुमन नेम्बाङ्ग र ट्रफी लगायतका पुरस्कार ज्ञानु थलङ् शुब्बाले गर्नुभएको खेल संयोजक दिनेश कडेलले बताउनु भएको छ ।