Aamsanchar

सुरुङ्गा प्रेस क्लबको दोस्रो स्थापना दिवस सम्पन्न

Author Image
आइतवार, असोज २९, २०७४

सुरुङ्गा,२८ असोज 

सुरुङ्गा प्रेस क्लबको दोस्रो स्थापना दिवसको अवसरमा महाकाव्यकार मित्रप्रसाद दाहाल र पत्रकार लीलाराज झापाली सम्मानित भएका छन् ।

कनकाई अतिथि सदनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, विशेष अतिथिद्वय नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा र नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाईले कवि दाहाल र पत्रकार झापालीलाई जनही ५ हजार १ सय ११ नगदसहित अबिर, दोसल्ला र सम्मानपत्रले सम्मान गरे । सुरुङ्गा प्रेस क्लवले स्थापना गरेको कनकाई नगर पत्रकारीता पुरस्कार तथा स्रष्टा सम्मानको नगद राशि कनकाई नगरपालिकाले संयोजन गरेको हो ।
क्लबका उपाध्यक्ष मनोज बस्नेतले पत्रकार झापालीको र कोषाध्यक्ष संगीता उप्रेतीले कवि दाहालको व्यक्तित्वमाथि प्रकाश पारेका थिए । त्यसै गरी क्लबको अक्षयकोष स्थापनामा सहयोग गर्ने सल्लाहकारहरु आशा शर्मा शिवाकोटी, कुमारमणि पोखरेल, प्रकाश चुडाल तथा राष्ट्रिय सम्मान प्राप्त गर्न सफल क्लबका सदस्य गौरव पोखरेललाई प्रशंसापत्र प्रदान गरिएको थियो । कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनाल तिम्सिनालाई पनि क्लबको विकासमा आर्थिक सहयोग पु¥याएकोमा प्रशंसापत्रले सम्मान गरिएको थियो । क्लबका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, मेचीनगर प्रेस क्लबका अध्यक्ष ज्ञानेन्द्र निरौला, सामाजिक व्यक्तित्वहरु गंगाप्रसाद ढुंगेल, ख्यामराज सिटौला, लीलाप्रसाद चिमरिया, सुरेन्द्र प्रधान, डी. आर. सुबेदी, ख्यामप्रसाद ओली, देवीप्रसाद खरेल, चम्पा सुबेदी, जनार्दन उप्रेती, ज्योतिकुमार उप्रेती, सूर्य उप्रेती, प्रवीण तिम्सिना, जबिन तिम्सिना, कमल चापागाई, शारदा पाठक, सीता बस्नेत, अग्निप्रसाद नेपाल लगायतको आतिथ्य रहेको कार्यक्रममा उपाध्यक्ष डिल्लीराम घोर्साईंले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रम क्लबका अध्यक्ष रामप्रसाद निरौलाको अध्यक्षतामा भएको थियो । क्लबकी सदस्य सावित्रा दाहालले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सहसचिव सूर्यप्रसाद अधिकारीले गरेका थिए ।

Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर