Aamsanchar

इँटा उद्योगी र स्थानीयको विवाद टुंगियो

Author Image
सोमवार, असोज ३०, २०७४

भद्रपुर।

झापाको भद्रपुरका इँटा उद्योगी र आन्दोलित स्थानीबासीबीच लामो समयदेखि बल्झिएको विवाद टुंगिएको छ । आगामी आर्थिक बर्ष ०७४÷०७५सम्म उद्योग सञ्चालन गर्न दिने लगायतका १३बुँदे सहमति भएपछि विवाद टुंगिएको हो ।

दुवै पक्षबीच बल्झिएको विवादले उग्ररुपमा लिन थालेपछि भद्रपुर नगरपालिका कार्यालयले यसको समाधान र पहलका लागि भूमिका निर्वाह गरेका थिए । दुवै पक्षलाई बोलाएर नगरपालिकामा गरिएको बैठकबाट इँटा उद्योगको विवाद टुंगो लगाएको नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले बताए ।
नायक, डीबीआई इँटा उद्योगका सञ्चालक र इँटाभट्टा पीडित संघर्ष समितिबीच भएको सहमति बुँदा अनुसार दुई बर्षसम्म अर्थात् आगामी आर्थिक बर्ष २०७४÷०७५सम्म इँटा उद्योग सञ्चालन गर्न दिने, त्यसपछि वातावरणमैत्री उद्योग सञ्चालन गर्ने व्यवस्था मिलाउने, सो क्षेत्रमा रहेका सडक नियमित रुपमा इँटा उद्योगीले मर्मत सम्भार गर्ने, उद्योग आसपासका दुई वटा विद्यालयका बिद्यार्थीका लागि कल्याणकारी कार्य गर्ने, मानववस्ती र खेतीयोग्य जमिनको भूमि क्षति हुने गरी माटो उत्खनन् नगर्ने सहमति भएको छ ।
त्यस्तै, डीभीआईले सरकारी पैनी मिचेकोले पैनीलाई सञ्चालनमा ल्याउन तत्काल व्यवस्थापन मिलाउने, उद्योग क्षेत्रमा धुलो नियन्त्रण गर्न नियमित रुपमा ट्यांकरबाट पानी दिने, सँधियार असर गर्ने गरी जथाभावी फोहारमैला नगर्ने, गरेमा उद्योगी व्यवस्था मिलाउने, उद्योगीका मजदुरका लागि मापदण्ड अनुसारको शौचालय निर्माण गर्ने, धुँवाबाट निस्किने प्रदूषण न्यूनीकरण गर्ने, उद्योग आसपासका स्थानीयलाई सहुलियतमा इँटा उपल्बध गराउने र बुदाँमा उल्लेखित शर्तहरु के कति पालना हुन्छ । त्यसको अनुगमन र निरीक्षक त्यहाँका वडा कार्यालय र आवश्यक परेमा नगर प्रमुखले गर्ने लगायतको सहमति भएको नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राईले जानकारी दिए ।
यता मन्त्रलायको कार्यविधि दिग्दर्शन २०७२ अनुसार घनाबस्तीबाट एक किलोमिटर टाढा उद्योग सञ्चालन गर्नुपर्ने बुँदामा उल्लेख गरेको छ । बुँदामा उल्लेख गरिएको मापदण्ड दुवै उद्योगले पूरा नगरेपछि दुई सय घरपरिवार आन्दोलित बनेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर