Aamsanchar

अर्जुनधारा कृषि सहकारीको १० औ साधारारण सभा सम्पन्न

Author Image
सोमवार, असोज ३०, २०७४

चारपाने,असोज ३० । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ फुलबारीमा रहेको  अर्जुनधारा कृषि सहकारी संस्थाको १० औं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ताराप्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं. ५ का अध्यक्ष ध्यानबहादुर भारतीको प्रखुख आतिथ्यता रहेको थियो ।
स्थापनाकाल देखिनै कृषकहरुलाई विभिन्न कृषि आयमुलक कार्यक्रममा सक्रिय बन्दै आएको सहकारीको १० औं साधारणसभामा उपस्थित वर्गहरुलाई संस्थाका उपाध्यक्ष मुखमेल धिमालले सब्द द्वारा स्वागत गरेका थिए ।
कृषि सहकारीमा आवद्ध भएर सामुहिक रुपमा कृषि पेशामा आवद्ध बनेर कृषि पेशालाई व्यवसायिक पेशा बनाउने अभियानममा रहेको अर्जुनधारा कृषि सहकारीको बार्षिक प्रतिवेदन अध्यक्ष बरालले प्रस्तुत गरेका थिए भने सचिव रामबहादुर कार्कीले आर्थिक बर्ष २०७३/०७४ को स्वतन्त्र लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा भानु भट्टराई, विनोदकुमार बस्नेत, मीना भारती लगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रमुख अतिथि भारतीले सहकारीले कृषिमा विशेष लगानी बढाउन र सहकारी निति, मुल्य र मान्यतालाई आत्मसाथ गरि अधिकतम कृषकहरुलाई सहकारीमा आवद्ध गराई कृषिवाट आत्मनिर्भर बन्न सक्ने खालका कार्यक्रमहरु ल्याउन संस्थाले कार्यनिती तयार पारेर अघि बढेको खण्डमा स्थानिय निकायको तर्फवाटपनि कृषकहरुलाई प्रोत्साहन हुनेखालका कार्यक्रम ल्याउन आफुसधै तयार रहेको बताएका थिए ।

Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर