

विनोद पाण्डे(कमल)

नेपालका लागि अशोक लेलैण्ड गाडीको आधिकारिक बिक्रेता, आइएमई मोटर्स प्रालिको मेची अञ्चलस्थित डिलर सहारा अटो मोबाईल्स एण्ड कम्पनी प्रालिले अशोक लेलैण्ड गाडीको बिक्री वितरण शुरु गरेको छ ।
आइतवार बिर्तामोडस्थित चारपानेमा एक समारोहकाबीच अत्याधुनिक सर्भिस सेन्टर तथा पूर्वाञ्चलमा नै सबैभन्दा ठूलो कर्मशीयल गाडीको शोरुम सञ्चालन गर्दै विक्री वितरण शुरु गरेको हो । अनौपचारिक रुपमा केही समय अघिबाट सञ्चालनमा आएको शोरुमले उद्घाटन समारोहकै अवसरमा गाडीको विक्री वितरण गरेको छ । उद्घाटन समारोहमा फूलफ्लेज्ड सेटअप भएको र यहाँबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर्स उपलब्ध हुने जानकारी गराइएको थियो । 
थ्री (एस–सेल्स, सर्भिस र स्पेयर्स) सेटअपको समुद्घाटन आइएमई मोर्टसका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी, अशोक लेलैण्ड भारतका रिजनल मेनेजर तनमय मित्रा, उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया र सहारा अटोमोबाइल्स एण्ड कम्पनीका अध्यक्ष महेन्द्र गिरीले संयुक्त रुपमा गरेका थिए ।
प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले आइएमई समूहले आफ्नो लगानीलाई बिविधिकरण गर्ने सिलसिलामा अटो मोबाइल क्षेत्रमा पनि लगानी गरेको र छोटो समयमा आइएमई मोर्टसले प्रवद्र्धन गरेको अशोक लेलैण्ड ब्राण्डका गाडीहरु नेपालमा लोकप्रिय हुनसकेको बताए । उनले आइएमई मोर्टसले बिक्रीपछिको सेवालाई विशेष ध्यान दिएकोले नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सर्भिस सेन्टरहरु खोली दक्ष मेनपावर, स्पेयर पार्टसको उपलब्धता गराउँदै लगेको जानकारी दिए । 


उनले सहारा अटोमोवाइल्ससँगको सहकार्यमा स्थापना गरिएको अत्याधुनिक सर्भिस सेन्टर र शोरुमबाट मेची अञ्चलका ग्राहकहरुले अशोक लेलैण्डका सबै मोडेलका गाडीहरु आफ्नै आखाँले हेरेर रोजेर खरिद गर्ने तथा बिक्री पछिको सेवापनि सजिलैसँग प्राप्त गर्न सक्ने जानकारी दिए । अशोक लेलैण्डले १ टनदेखि ४९ टनसम्मका समानबोक्ने गाडी, १६ सिटदेखि ७० सिट क्षमताका बसहरु तथा ४ क्युविक मिटरदेखि २२ क्युविक मिटर क्षमताका टिप्पर ट्रकहरु र बिभिन्न स्पेशल प्रयोजनका गाडीहरु (दमकल, आरएमसी, रिकभरी भेहिकल, पेट्रोल ट्याङ्कर, ग्यास बुलेट आदि ) उत्पादन गर्ने र ती गाडीहरु नेपालमा आयात गरि बिक्री गर्ने र बिक्री पछिको सेवादिने कार्य आइएमईले गरि रहेको जानकारी दिए । 
सोही कार्यक्रममा अशोक लेलैण्ड भारतका रिजनल मेनेजर तनमय मित्राले अशोक लेलैण्ड हिन्दुजा समूह अन्तर्गतको ७० बर्ष पुरानो भारतको दोश्रो ठूलो कमर्शीयल गाडी निर्माता कम्पनी भएको र बिगतमा भएका कमी कमजोरीहरुलाई सुधार गर्दै आइएमईसँगको सहकार्यमा नेपालमा अशोक लेलैण्डको बजार बिस्तार गर्ने उद्देश्य रहेको जानकारी गराए । त्यसैगरी सहारा अटो मोइल्सका अध्यक्ष तथा समुद्घाटन कार्यक्रमका अध्यक्ष महेन्द्र गिरीले अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिए ।

कार्यक्रममा जिल्ला उद्योग बाणिज्य संघ, नगर उद्योग संघहरुको तर्फबाट अशोक लेलैण्डको सर्भिस सेन्टर र शोरुमको सञ्चालन भएर पूर्व क्षेत्रको विकासमा सघाउ पु¥याएकोमा अशोक लेलैण्ड, आइएमई समूह तथा सहारा अटो मोवाइल्सलाई धन्यबाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहारा अटो मोवाइल्स एण्ड कम्पनीका प्रबन्ध निर्देशक टंक खनालले आइएमई र अशोक लेलैण्ड जस्तो ब्राण्डसँग जोडिएर काम गर्न पाउँदा अत्यन्त खुशी लागेको र यो सहकार्य लामो समयसम्म रहने बचनबद्घता व्यक्त गरे । 
आइएमई समूह २००१मा स्थापना भई, हाल नेपालको अग्रणी व्यापारिक समूह मध्यको यस्तो एक संस्था हो । जसले लगानी रेमिटेन्स, बैकिंङ, इन्भेष्टमेन्ट, अटोमोवाइल, इन्सोरेन्स, हाइड्रोपावर, हस्पिटालिटी, ट्राभल एण्ड टुर, अटोमोवाइल्स, आईटी, इन्फ्राइस्ट्रक्चरमा आदि बिविध क्षेत्रमा फैलिएको छ । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए । सो अवसरमा झापाका उद्योगी व्यवसायीको उल्लेख्य सहभागिता रहेको थियो । 




