Aamsanchar

कुटपिटबाट घाईते दर्जीको मृत्यु

Author Image
सोमवार, असोज ३०, २०७४

मोरङ।

मोरङको लेटाङ नगरपालिका-४ स्थित नयाँ बसपार्कमा कुटपिटबाट घाईते भएका कुमार दर्जीको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ।

सामान्य बादबिवादको क्रममा गत २८ गते शनिबार दर्जीलाई सोही ठाउँका १७ बर्षिय जनम तामाङले कुटपिट गरी टाउकोमा मुक्का हानेर घाईते बनाएका थिए।

कुटपिटबाट घाईते दर्जीलाई स्थानीय हस्पिटलमा सामान्य उपचार पश्चात घर लगिएकोमा अबस्था गम्भीर हुँदै गएपछी सोमबार पुनः प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।

कुटपिट गर्ने तामाङलाई प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर