Aamsanchar

अर्जुनधारा नगरपालिकाद्धारा विभिन्न विधामा सम्मान

Author Image
बुधवार, कार्तिक १, २०७४

[सागर गौतम]

अर्जुनधारा, 

अर्जुनधारा नगरपालिकाले नगरभित्रका विभिन्न विधाका खेलाडी, सामुदायिक विद्यालयबाट उष्कृष्ट अंक प्राप्त गर्ने छात्र छात्रा, अन्तर पार्टी महिला सञ्जाल, पूर्व राजनीतिक संयन्त्र र स्वास्थ्य व्यवस्थापन समितिलाई सम्मान गरेको छ ।
दुई दशकसम्म जनप्रतिनिधि बिहिन भएको अवस्थामा राजनीतिक संयन्त्र, महिला संञ्जाल, शान्ति समिति लगायले नगर विकासमा उल्लेख्य भूमिका खेलेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । नगरको प्राङ्गणमा एक कार्यक्रम आयोजना गर्दै नगरपालिकाले उदीयमान खेलाडी, राष्ट्रिय स्तरका खेलाडी सहित नगरका सामुदायिक विद्यालयमा उच्च अंक प्राप्त गर्ने विद्यालय तथा बिद्यार्थी सम्मानित भएका थिए ।
नगर भित्रका पूर्व राजनीतिक संयन्त्र सदस्य मोहन काफ्ले, तुलसी खतिवडा, धर्मलाल लिङ्गदेन, तुलसी प्रसाद खतिवडा, बृख प्रधान, हरि प्रसाद दाहाल, मेदनी प्रसाद चापागाई, शेर बहादुर लिम्बु, भूपेन्द्र न्यौपाने, भैरव खड्का, बम बहादुर कार्की, पुण्य प्रसाद ओझा, सिर्जनलाल चौधरी, देवकला प्रसाई, तारानिधि भट्टराई, अम्बिका प्रसाद खतिवडा, सूर्य खतिवडा, नरेश प्रसाद खनाल सम्मानित भएका छन् ।
त्यस्तै झलक याम्फु राई, दिप कुमार भण्डारी, इन्द्र बहादुर बुढाथोकी, टंक बराल, बृद्ध बराइली, केशव कुमार खड्का, योग प्रसाद आचार्य, मोहन सुब्बा, जय प्रसाद पौडेल, हेमराज खरेल, लोकनाथ गौतम, निर्माण आचार्य, प्रेम सागर सापकोटा, नर बहादुर कन्दङवा, बाबुराम बुढाथोकी,मान बहादुर कार्की,धर्म भट्टराई, दिलिप राई, बृद्धिलाल चौधरी,भिष्म मिश्र,जित बहादुर धिमाल लगायत पनि सम्मानित भएका थिए । पूर्व शान्ति समितिका प्रतिनिधिहरु दुर्गा बहादुर कटुवाल,नारदमणि नेपाल, नरेन्द्र नेम्वाङ्ग, यमुना आचार्य, प्रेम समाल मगर, नरेन्द्र कुमार श्रेष्ठ, रुपनारायण समाल, कुसुम राई, राम कुमार महत्त, जिवन कुमार भण्डारीलाई सम्मानित गरिएको थियो ।
त्यस्तै अन्तर पार्टी महिला संञ्जालका अभियन्ता पुनम सुवेदी, उमा प्रोखेल, विनिता थापा, जानुका पराजुली, सावित्रा देवी सापकोटा, विन्दा लुइटेल, सरस्वती सिटौला गोले, शोभा राई, इन्द्रिरा गिरी सम्मानित भएका थिए । त्यस्तै स्वास्थ सेवा तर्फ सञ्चरानी इङनाम, रेणुका खवास, धन बहादुर तामाङ, दिलमाया दास, ईश्वर कुमार खवास, कोसी राई, राम प्रसाद भट्टराई, चन्द्र कला भण्डारी, भुवनेश्वर शिवाकोटी, मिश्र कुमार राई, खड्क गोले, नारायण पौडेल, रमेश त्रिखत्री, मोहन पौडेली, श्याम घिमिरे, पार्वता भट्टराई, गंगा सुवेदी, लवकुश गिरी, उमा थापा, पूर्णिमा सिटौला, राम कुमार आछामे, कमला राई, योगेन्द्र पौडेल, मिठु देवी ढकाल, कौशीला पाँचकोटी सहित प्राथामिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिले अर्जुनधारा नगरपालिकाका स्वास्थ्य अधिकृत मुकुन्द्र बस्नेत सम्मानित भएका थिए ।

उनीहरुलाई नगरपालिकाका मेयर हरि कुमार रानाले प्रमाण–पत्र, खादा ओढाएर सम्मान गरेका थिए । त्यस्तै दोस्रो कनकाई कप अन्तर जिल्ला स्तरीय फुटबल प्रतियोगिता सहभागी भई नगरलाई विजयी बनाई नाम राख्न सफल भएको भन्दै खेलाडीहरुलाई सम्मान गरिएको थियो । त्यस्तै खेलकुद माध्यमबाट राष्टिय स्तरको खेलाडीहरु र प्रशिक्षक भगीरथ आले मगर, कुमार भट्टराई, प्रसान्त भण्डारी, जितेन मेचे, डम्बर यादब, जीवन राई, एस्तर राई, बादल तामाङ, र्टक बहादुर थापा, तुल श्रेष्ठ, सिर्जना राई, कृष्ण गिरी, रञ्जित राई लगायतलाई ट्रयाक सुट सहित सम्मानित गरिएको थियो भने मोहन सुब्बा र श्याम दनुवार नगद सहित सम्मानित भएका थिए ।

त्यस्तै सामुदायिक विद्यालयमा उष्कृष्ट अंक प्राप्त गर्ने जनता उच्च मा.वि.का दिक्षा अधिकारी,प्रवेश मिश्र नगद सहित सम्मानित भएका थिए । त्यस्तै पूर्व कर्मचारी जित बहादुर कुमाल,मान बहादुर राई समेत सम्मानित भएका थिए । विभिन्न विधाका सम्मानित व्यक्तिहरुलाई नगर प्रमुख रानाले प्रमाणपत्र र खादाले सम्मानित गरेका थिए ।
नगर प्रमुख हरि कुमार रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिति झापाका सभापति सोम पोर्तेल रहेका थिए । कार्यक्रममा नेकपा एमालेका अम्बिका प्रसाद खतिवडा, नेपाली काग्रेसका हेमराज खरेल, नेकपा माओवादी केन्द्रका भूपेन्द्र न्यौपाने, राट्रिय जनमुक्ति पार्टीका दिलिप राई,नयाँ शक्ति नेपालका देवकला प्रसाई लगायतले बोलेका थिए । नगर उप–प्रमुख कमला आचार्य खतिवडाको स्वागत रहेको कार्यक्रम संञ्चालन नगर प्रवक्ता शकुन्तला बराल र नगर सभा सदस्य होमनाथ दुलालले संयुक्त रुपमा गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर