Aamsanchar

७ जना जुवाडे पक्राउ

Author Image
बुधवार, कार्तिक १, २०७४

मोरङ।

मोरङको विराटनगर-१० तिनटोलीया स्थित पुस्कलराज पोखरेलको घरमा भाडालिएर बस्ने सोही ठाउँका कुमार यादवको घरबाट प्रहरीले बुधबार ७ जना जुवाडे पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा विहान १ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले जुवाको खालबाट २८ बुक तास र नगद १ लाख ५३ हजार ९ सय २० रुपैयाँ समेत बरामद गरेको छ।

पक्राउ परेका सबैलाई आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर