काँकडभिट्टा,
काँकडभिट्टाका दश वर्षीय उत्सव थापाले भारतको जयपुरमा एउटै प्रतियोगितामा तीन वटा पदक जितेका छन् ।
भारत, श्रीलंका, अमेरिका, इरानलगायत मुलुक सहभागी सो प्रतियोगितामा उत्सवले २९ केजी तौलतर्फ दुई स्वर्ण पदक र एउटा कास्य पदक जितेको करातेका अन्तर्राष्ट्रिय रेफ्री राजु महर्जनले जानकारी दिनुभयो ।
प्रतियोगितामा पदक जितेका उत्सवलगायत नेपाली खेलाडी मंगलबार काँकडभिट्टा फर्कंदा उनीहरुलाई झापा जिल्ला सितेरियो कराते संघले भव्य स्वागत तथा सम्मान गरेको थियो । पदक जित्ने खेलाडीमध्येका कान्छा उत्सवको गलामा तीन वटा पदक झुण्डिएको थियो । उनको सफलताबाट प्रशिक्षक, परिवार र विद्यालय हर्षित देखिएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 135