Aamsanchar

समृद्धिको अभियानमा लाग्न गैह्रआवासीय नेपालीलाई ओलीको आग्रह

Author Image
बुधवार, कार्तिक १, २०७४

काठमाडौँ, 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि केन्द्रित भएर काम गर्न गैह्रआवासीय नेपाली संघको नवनिर्वाचित नेतृत्वलाई आग्रह गर्नुभएको छ ।

संघको आठौँ विश्व सम्मेलनबाट निर्वाचन कार्यसमितिलाई बधाई दिन यहाँ आज आयोजित प्रवासी नेपाली मञ्चको एक कार्यक्रममा अध्यक्ष ओलीले सबै तहका निर्वाचनसँगै मुलुक समृद्धिको बाटोमा अघि बढ्ने भएकाले विश्वभर छरिएर रहेका नेपालीले पनि यस अभियानमा साथ दिनुपर्नेमा जोड दिनुभयो ।

नेपालमा नयाँ नेतृत्वले अविस्मरणीयरुपमा काम गर्न सकोस् भन्ने कामना पनि उहाँले गर्नुभयो ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाललाई सधैँ अस्थिर बनाउन खोज्ने तत्वलाई परास्त गरी समृद्धिको यात्रामा सबै जोडिनुपर्ने बताउनुभयो ।

संघका अध्यक्ष भवन भट्टले आफूहरुले सबै राजनीतिक शक्तिसँग समन्वय गरी मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर