विराटनगरको महेन्द्र मोरङ्ग आर्दश बहुमुखी क्याम्पसमा तेश्रो क्षेत्रीय स्तरीय ज्याम्बोरेट भव्य रुपमा सम्पन्न भएको छ।

हरेक चार वर्षमा हुने ज्याम्बोरेटलाई स्काउट कर्मीहरुको निम्ति निकै महत्त्वपूर्ण कार्यक्रमको रुपमा लिईन्छ । सो अवसरमा विभिन्न प्रकारका साहासिक गतिविधीको साथ विभिन्न विधामा प्रतिस्पर्धा समेत हुने गर्छ। सो अवसरमा जिल्ला स्तरीय प्रतिष्पर्धाको माध्यमबाट छनौट भएको महेन्द्र रत्न माध्यमिक विद्यालयको नृत्य र वकृत्वकला समेत सोही विद्यालय विद्यार्थी सौगात शिवाकोटी प्रथम स्थान हासिल गर्न सफल भएका थिए ।
जेम्बोरेट २६ असोजमा सुरु भएको थियो । जेम्बोरेटको उपराष्ट्रपति नन्दबहादुर पुनले २७ असोजमा औपचारिक उद्घाटन गरेका थिए । विराटनगर स्थित मोरङ क्याम्पसको प्रांगणमा भएको जेम्बारेटमा विभिन्न जिल्लाहरुबाट आएका करिब तीन हजार १३ देखी १६ वर्ष उमेर समुहका स्काउट बालवालिकाहरुले सहभागीता जनाएका थिए । जेम्बोरेटमा ४० वटा विभिन्न क्रियाकलापहरु सम्पन्न गरिएका थिए । आगामी चौथो ज्याम्बोरेट अर्थात प्रदेश नम्बर एक को पहिलो ज्याम्बोरेट उदयपुर हुने भएको छ।

