Aamsanchar

सिन्धुपाल्चोकका शाक्यको परिवारलाई प्रवासी नेपाली मञ्च युएईको सहयोग

Author Image
बिहिवार, कार्तिक २, २०७४

[भरत शिवाकोटी]

युएई,

नेकपा एमाले निकट रहेको प्रवासको संगठन प्रवासी नेपाली मञ्च युएईले, गत २२सेप्टेम्बर २०१७ मा कार्यस्थलमा दुर्घटना भई उपचारको क्रममा २ अक्टोबरमा निधन भएका सिन्धुपालचोक जिल्लाका दिनेश शाक्य कि श्रीमती कमला श्रेष्ठलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

१८ अक्टोबर बुधबारका दिनएक कार्यक्रम गरि युएईमा रहेका नेपालीहरु द्वारा संकलित रकम करिब एक लाख एकचालीस हजार रुपैयाँ मृतक शाक्यकी श्रीमती कमला श्रेष्ठलाई हस्तान्तरण गरिएको सहयोग संकलन अभियानका संयोजक तथा प्रवासी नेपाली मंच युएईका महासचिव भेसराज ढकालले जानकारी दिएका छन ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रवासी नेपाली मञ्च युएईका कार्यबाहक अध्यक्ष महेश गिरी, महासचिव भेषराज ढकाल, राष्ट्रिय कमिटी सदस्य प्रमोद देउजा, राष्ट्रिय कमिटी सल्लाहकार सदस्य भिमनारायण श्रेष्ठ, आबुधावी राज्य कमिटीका अध्यक्ष पुष्कर शर्मा, उपाध्यक्ष विपिन सापकोटा लगायतकोउपस्थिति रहेको थियो ।

मंचले अल्पायुमा नै अकल्पनीय ढंगले दुर्घटनामा परि उपचारको क्रममा मृत्यु वरण गरेका दिनेश शाक्य प्रति हार्दिक श्रदान्जली अर्पण गर्दै मृत आत्माको चिरशान्तिको कामना गरेको छ र शोकाकुल परिवारजनमा हार्दिक समवेदना समेत प्रकट गरेको छ । दिनेश शाक्यको निधनले प्रवासी नेपाली मंचले एक कुशल व्याक्ति र सामाजिक अभियानकर्ता गुमाएको मंचका अबुधाबी राज्य कमिटी अध्यक्ष पुस्कर शर्माले बताएका छन ।

प्रवासी नेपाली मंच युएई, सावीया इकाई कमिटीका सदस्य रहेका शाक्यको आफु कार्यरत कम्पनी सँग असमझदारी भएपछि कम्पनी विरुद्द युएई अदालतमा मुद्दा चलेको र सोहि अवधिमा उनको भिषा सकिएको थियो । जब अदालतले शाक्यको पक्षमा मुद्दाको फैसला गर्यो तत: पश्चात आफ्नो लगानीमा रहेको कम्पनीको भिषा लगाएर कानुनी प्रक्रिया पुरा गर्दागर्दै उनको बसाई गैरकानुनी भएको थियो ।

कार्यस्थलमा काम गर्दै गर्दा अचानक सिंढी बाट लडेर टाउकोमा गहिरो चोट लागेका  दिनेशको अबुधाबी स्थित मफ्रक हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो ।उनको शवलाई१९ अक्टोवर २०१७ को साँझ ८ बजे नेपाल पुग्नेगरि इतिहाद एवरवेज को उडान बाट पठाउन लागिएको मंचका सचिव प्रविण पोखरेल ले जानकारी दिएका छन ।

दिनेश शाक्य सहयोग अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण सबैलाई हार्दिक धन्यवाद र कृतज्ञता प्रकट गर्दै मंचका कार्यवाहक अध्यक्ष महेश गिरी ले प्रवासमा अप्ठयारोमा परेका नेपालीहरुका लागि प्रवासी नेपाली मञ्च युएईले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

मृतक दिनेश शाक्यलाई यस अघि नै गैर आवासीय नेपाली संघ युएईले एक लाख ५० हजार सहयोग गरिसकेको छ भने शाक्य संलग्न रहेको डीएक्सन कम्पनीले युएई रकम सात हजार दिराहाम सहयोग गरिसकेको छ ।

 

Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर