Aamsanchar

आँखा दानका लागि सामूहिक देउसी

Author Image
बिहिवार, कार्तिक २, २०७४

काठमाडौँ,

अपाङ्गता भएका व्यक्तिलाई नेत्र दान तथा आँखा शिविर शिविर सञ्चालनार्थ चन्द्रागिरी नगरपालिका– १२ स्थित ‘चलखेल बजार प्रालि’ ले आज सामूहिक देउसी–भैलो कार्यक्रम आयोजना गरेको छ ।
आगामी मंसिर १७ गते पर्ने अपाङ्गता दिवसका सन्दर्भमा सोही नगरपालिकाको चुनदेवीमा शिविर सञ्चालन गरिने प्रालिका अध्यक्ष वसन्त खत्रीले बताउनुभयो । उहाँले समाजमा सकारात्मक चलखेलका लागि आफूहरुले रचनात्मक गतिविधि गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा समाजसेवी एवं कलाकार लंकप्रसाद चौलागाईँलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सामूहिक देउसीमा कलाकारहरु दीपक आचार्य, सूर्यमणि आचार्य, विष्णु लामा, विष्णु थापा, शरद बुढाथोकी, श्याम विश्वकर्मा, किशोर कुँवर र सीता घिमिरेले प्रस्तुति दिनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर