Aamsanchar

विवेकशील साझा पार्टीले उम्मेदवार घोषणा, इलाम–१ बाट सचिन

Author Image
बिहिवार, कार्तिक २, २०७४

काठमाडौं,

विवेकशील साझा पार्टीले आउँदो मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि थप जिल्लामा उम्मेदवारी घोषणा गरेको छ ।

विवेकशील साझा पार्टीले पछिल्लो पटक रुपन्देही, ईलाम, पर्सा, अर्घाखाँची जिल्लाबाट संघीय प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेको हो ।

यसक्रममा रुपन्देहीको क्षेत्र नम्बर २ बाट हरिकृष्ण अधिकारी, पर्साको क्षेत्र नम्बर १ बाट डा. महमद रज्जा, इलाम क्षेत्र नम्बर १ बाट सचिन घले, अर्घाखाँचीबाट विष्णुप्रसाद मिश्रलाई उम्मेदवार बनाउने निर्णय भएको विवेकशील साझा पार्टीले जनाएको छ ।

यस पटकको चुनावमा राष्ट्रिय पार्टी बन्ने र अर्को पटक देशको नेतृत्व गर्ने लक्ष्य लिएकाले थप उम्मेदवार घोषणा गरेको विवेकशील साझा पार्टीले जनाएको छ ।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर