Aamsanchar

बिराटनगर महानागरपालिकाबाट १७ जुवाडे पक्राउ

Author Image
बिहिवार, कार्तिक २, २०७४

मोरङ।

tas

मोरङको बिराटनगर महानागरपालिका १७ स्थित निरज श्रेष्ठको घरबाट जुवा खेलीरहेको अबस्थामा मोटो रकम सहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बिराटनगर महानगरपालिका बिभिन्न ठाउँ बस्ने उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले तास खालबाट नगद २ लाख २८ हजार ४ सय ३८ रुपैँया, ३ बुक तास, तास खेल्न प्रयोग गरिएका गलैंचा, डस्ना लगायतका सामान समेत बरामद गरेको इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनु भयो। पक्राउ परेका उनीहरुउपर आवश्यक अनुसन्धान भईरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर